नबजागरण युबा समुह डडुवाले बिद्यालयमा शैक्षीक सामाग्री बितरण गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढीनगरपालिका वडा नं १४मा रहेको डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको हो ।
युवा समुहका सचिब सरोज बोहोराका अनुसार प्रती बिध्यार्थी १थान ब्याग झोला थान १ प्याकेट शिशाकलम , इलेजर, सार्पनर , हाफ दर्जन कपि का दरले बितरण गरिएको बताउँनु भयो ।यसै गरी कक्षा १, देखी कक्षा ५ सम्मका बिद्यार्थीलाइ प्रती बिध्यार्थी आधा दर्जन मोटो कपि , एक बट्टा पेन्सिल कक्षा ६ देखि ११ सम्म का बार्षिक परिक्षाफलमा प्रथम , द्दितिय र तृतीय हुने१८ जना बिध्यार्थिहरुलाइ प्रती बिध्यार्थी हाफ दर्जन मोटो कपि , एक बट्टा पेन्सिल , एक वटा कलम त्यसैगरी बाल कक्षा मा खेलमार्फत पढाउने शैक्षिक सामाग्री , चाट्र्पेपर , खेल सामग्री बितरण गरिएको छ भने बिध्यालयलाइ १ थान नेट , भलिबल फुटबल र पम्प बितरण गरिएको छ । समुहको अध्यक्ष सुजन बस्नेत को अध्यक्षतामा र १४ नम्बर वडा का वडा अध्यक्ष उद्दब नेपालको प्रमुख आतिथ्यतामाशैक्षिक सामग्री बितरण , सडक बत्ती जडान र भित्तेपात्रो बिमोचन कार्यक्रम भब्य सम्पन्न भएको हो । सामाजिक जागरण को लागि युबा एकता भन्ने मुल नाराका साथ अगि बढेको यश समुहले बिध्यालय मा अध्ययन गर्ने बाल कक्षा देखि ५ सम्म को बिध्यार्थिलाइ शैक्षिक सामग्री , स्कुल देखि बस्नेत गाउँ घान्टे खोला सम्म को सबै पोलहरुमा सडक बत्ती र समुहको भित्तेपात्रो बिमोचन कार्यक्रम गरिएको हो । कार्यक्रममा समुहका अध्यक्ष सुजन बस्नेतले डडुवा भवानी शङ्कर माबीमा अध्ययन गरेका कुनै पनी बिद्यार्थीहरु परिक्षमा फेल नहुने गरि शिक्षा सिकाइमा लाग्न जन प्रतिनीधी, बिव्यस अध्यक्ष, र शिक्षकहरुलाइ अनुरोध गर्नु भयो । उँहाले आगामी दिनमा बृक्ष रोपण गरिने योजना रहेको समेत जानकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी उद्धब नेपालले नवजागरण युवा समुृहले गरेको सहयोगका कारण ठुलो उपलब्धी हुने बताउँनु भयो ।
