दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक
स्याङ्जा सहयोग समाज कतारले आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि तिन कलाकारहरूलाई कतारमा दर्शकहरूले भरपूर्ण साथ दिएका छन् ।

समाजको २०औं वार्षिकोत्सव तथा एक्काईसौ स्थापना दिवसको अवसरमा जिल्लामा रहेका “अनाथ तथा असहाय बाल बालिकाहरूलाई सहयोगार्थ” गर्ने उद्देश्यका साथ शुक्रवार अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोक गायिका शर्मिला गुरुङ र लोक गायक रामचन्द्र ढकाललाई करिब हजार दर्शकहरूले भरपूर्ण साथ दिएका हुन् ।
नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक गायक रामचन्द्र पौडेलले आफ्नो प्रस्तुति राख्दै सांस्कृतिक कार्यक्रमको ढोका उखारे,ढकालले चौबन्दी चोली,मायामा फसियो,सालैजो भाकाका आफ्ना गीतहरूमा सागिंतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमको उतार्धमा लोक तथा दोहोरी गायक पशुपति शर्मा स्टेज चढे,मलाई कतार पनि यही,लाउँथे बरै पिरती, यसै त डल्ली, स्याङ्जा जाने बाटोमा तनहुँ, जस्ता आधा दर्जन भन्दा बढी आफ्ना कोसेली पस्किए । शर्माको प्रस्तुतिमा दर्शकहरूले भरपूर्ण साथ दिए ।दर्शकहरूबाट वान्च मोर पाई राखे, दर्शकहरू छमछमी झुमेर नाचिरहे ।
नेपाली लोकदोहोरी क्षेत्रमा सदाबहार एवं लोक तथा दोहोरी गायिका तथा शर्मिला गुरुङले आफ्नो सागिंतिक प्रस्तुति दिन कतार सम्म आउन सहजीकरण गर्ने समाजलाई धन्यवाद व्यक्त गर्दै राम्दी पुल तरने बित्तिकै,भन्ने गीतमा आफ्नो प्रस्तुति राखिन । हलको माहोल फरक बन्यो । परिवारलाई छोडेर परदेशिएका परदेशीहरूले आफ्नो गाउँ सम्झे । नेपाली लोकगीत प्रेमीहरूले आफ्नो परिवारलाई सम्झिए । गुरुङले तिम्रो माया नभएको कहाँ होर, कति राम्रो फुलेको थुङ्गा जस्ता आधा दर्जन साङ्गीतिक प्रस्तुति राखेकी थिइन् ।


विधिगत रूपमा नेपाली पञ्चेबाजालाई पुजेर कार्यक्रमको समुद्घाटन गर्दै स्थापना दिवसको केक काटेर अघि बढेको कार्यक्रममा कलाकार सुधा परियारले स्वागत नृत्य पेस गरेकी थिइनँ । समाजका अध्यक्ष घनश्याम जैसीको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वयका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको हो ।
सीमित विशिष्ट व्यक्तिहरूको शुभकामना मन्तव्य रहेको सांस्कृतिक कार्यक्रममा कतारमा रहेका झन्डै एक दर्जन कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको थियो । चेलीबेटी तथा दाजुभाइको सम्बन्धलाई थप बलियो बनाउने र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ तमु गुरुङ समाज कतारले स्याङ्जा सहयोग समाजलाई कोसेली समेत प्रदान गरेको थियो ।
कार्यक्रमको समापन पूर्व कार्यक्रमको सहयोगीको रूपमा रहेका स्पन्सर, अतिथि कलाकार, विशिष्ट अतिथि लगायत कार्यक्रमका प्रमुख अतिथि राज रेग्मीलाई स्टेजमै सम्मान गरिएको थियो । प्रमुख अतिथि रेग्मीले आफ्नो मन्तव्य बोल्दै समाजले जुन उद्देश्यका साथ आयोजना गरेको सामाजिक तथा परोपकारी कार्यलाई निरन्तरता दिएर आगामी दिनमा थप राम्रा काम गर्नेछ भन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

सभापति अर्यालले कार्यक्रमलाई भव्यता साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई एक मुष्ठमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम संयोजक शिवराम ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव रोशन अर्यालले गर्नुभएको थियो । कार्यक्रममा करिब एक हजार दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
