श्री बालसुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजको शुभकामना आदानप्रदान तथा सदस्यता वितरण कार्यक्रम
देबराज सुबेदी विजया दशमी २०८२ को पावन अवसरमा श्री बालसुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सदस्यता वितरण कार्यक्रम काठमाडौंको शिवचोकस्थित होटल एस एन जि मा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि डा. कृष्ण सुवेदी तथा विशेष अतिथि मेलम्ची नगरपालिका–७ का वडा अध्यक्ष पासाङ तामाङ रहनुभएको थियो। लोकप्रिय गायिका सुशीला बन्जाडेको मनमोहक प्रस्तुति सहित कार्यक्रम उत्साहपूर्ण बनेको थियो। कार्यक्रममा बुद्धिजीवी, पूर्व विद्यार्थी तथा समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यव्यस्तता हुँदाहुँदै पनि उपस्थित हुने सबै अतिथिलाई संस्थाका सचिव नवीन श्रेष्ठले स्वागत मन्तव्यसहित धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्व विद्यार्थी एवम् युवा व्यवसायी समाजसेवी दिनेश गिरीले संस्थाका कार्यक्रम गुणात्मक र उपलब्धिमू...



