सम्पर्क

मन्त्री घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार सिन्धुपाल्चोकस्थित मध्य भोटेकोशी जलविद्युत आयोजना निरीक्षण गर्नुभएको हो ।
१०२ मेगावाट क्षमताको आयोजना हाल ७२ घण्टे परीक्षण उत्पादनमा रहेको छ । सोमबार परीक्षणको दोस्रो दिनसम्म आयोजना पूर्ण क्षमतामा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको आयोजनाले जनाएको छ ।
चिलिमे जलविद्युत कम्पनीको प्रवन्धक सञ्चालक हुँदा घिसिङकै पहलमा अध्ययनदेखि वित्तीय व्यवस्थापन, ठेक्का सम्झौता र निर्माण कार्य अगाडि बढेको थियो ।
जुरेका पहिरो, २०७२ सालको भूकम्प, भोटेकोशीमा आएको बाढी, कोभिड–१९ महामारी तथा स्थानीय अवरोधका कारण आयोजना लामो समयपछि मात्रै व्यावसायिक उत्पादनको चरणमा पुगेको हो ।