सम्पर्क

ब्रेकिङ न्युज २

चौताराको गैरीगाउँमा आगलागी

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित गैरी गाउँमा आँगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । राजन श्रेष्ठ को १ तले ढलान घरमाथी रहेको जस्ता र काठको टहरो मा रहेकोे चुलो मा पिँडालु बसालेको मा चुलो बाट अचानक नजिकै रहेको सुकेको मकै मा आगो सल्कन गै आगोलागी भएको प्रहरीले जानकारी दिएको छ । उक्त आगोलागीबाट कुनै पनि मानवीय तथा चौपाया छेती नभएको समेत प्रहरीले जनाएको छ । उक्त ट्रस्ट मा राखिएको धान ,चामल ,कोदो,मकै र कपडा हरु जलेर नस्ट भएको भएको छ । उक्त आगोलागी नेपाली सेना ,शस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको र क्षतिको पूर्ण विवरण भने को विवरण आउन बाकी रहेको छ ।...

एमालेको सपथ ग्रहण तथा बधाई कार्यक्रम बलेफीमा

ब्रेकिङ न्युज २, राजनिती
नेपाल कम्युनिस्ट पार्टि (एमाले) बलेफि गाउँपालिका कमिटिले सपथ ग्रहण तथा बधाई कार्यक्रमको आयोजना गरेको छ । पुर्वमन्त्री तथा नेकपा एमालेका नव निर्वाचित स्थायी कमिटि सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बलेफि गाउँपालिका उपाध्यक्ष कमला कायस्थ, जिल्ला कमिटि सदस्यहरु डुप छिरिङ तामाङ, निर्मल बन्जारा, कृष्ण क्षेत्री, प्रेमध्वज लामा,प्रदेश कमिटि सदस्यहरु डम्बर थापा, बिनोद नेपाल, राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरु सपना थापा, टपिन्द्र तिमल्सिना, कार्केल लामा, कमल नेपाल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।गत कार्तिक ९ गते सम्पन्न सो पालिकाको अधिबेशनबाट अध्यक्ष, नारायण काजी श्रेष्ठ उपाध्यक्ष, अर्जुन चालिसे, सचिव खिका प्रसाद नेपाल र उपसचिव साम्देन तामाङ र सुर्य बहादुर खडका लगायत सदस्यहरु निर्वाचित हुनु भएको थियो ।बलेफि गाउँपालिका अध्यक्ष एंव अध्यक्ष मण...

सिन्धुपाल्चोकका सबै विद्यालयमा कोरोना विरुद्धको खोप

ब्रेकिङ न्युज २, स्वास्थ्य
सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालने भएको छ । स्वास्थ्य कार्यालयद्धारा सँचालित स्वास्थ्य सम्बन्धी गतिविधी विषयक अन्र्तक्रिया कार्यक्रममा १२ वर्ष देखि १७ वर्ष उमेर समुहका सबै बालबालिकालाई सो खोप दिन लागिएको बताईएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाँईका अनुसार सिन्धुपाल्चोकका करिब २८ हजार बालबालिकालाई तेस्रो चरणको खोप अभियान अन्तर्गत तीन दिन भित्रमा मोडर्ना खोप लगाई सक्ने योजना छ । उहाँका अनुसार विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समुहका बालबालिकाले समेत नजिकको खोप केन्द्रबाट खोप सक्नेछन् । माध्यमिक रुपमा सञ्चालित निजी विद्यालयबाट पनि खोप सेवा लिन सकिनेछ । यो खोप पहिलो डोज लगाएपछि २८ पछि दोस्रो डोज लगाउनुपर्दछ । नेपालमा यो खोप नयाँ प्रयोग हो । मोडर्ना खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको विस्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ...

बाल अधिकार तथा बाल संरक्षण सम्वन्धि कार्ययोजना कार्यान्वयनका लागि पालिका अध्यक्ष समक्ष ज्ञापन पत्र पेश

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाँउपालिकाको वडा नं १ देखि ५ मा रहेका ९ वटा विद्यालयमा गठन भएका बाल समुहको भेला यही मिति २०७८ पौष ५ र ६ गते सुकुटेमा सम्पन्न भएको छ । उक्त बाल समुहको भेलाले बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि कार्ययोजना तयारी गरी सो कार्ययोजना कार्यान्वयनका लागि माग गर्दै सुनकोशी गाँउपालिकाका अध्यक्ष श्री श्रबण कुमार जि. सी.समक्ष ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझिसकेपछि गाउपालिका अध्यक्ष जि.सि ले उक्त ज्ञापन पत्रमा उल्लेखित कार्ययोजना प्रति आफ्नो ध्यान आकर्षण भएको र उक्त कार्ययोजनालाई गाँउ पालिकाले प्राथमिकतामा राखी कार्यन्वयनमा लैजाने प्रतिबद्धता जाहेर गर्नुभयो । ज्ञापन पत्र बुझाउनु अघि ९ वटा विद्यालयबाट छनौट भइ आएका ३५ जनाभन्दा बढी बाल समुहका प्रतिनिधि तथा ९ वटै बिद्यालयका बाल सँरक्षक शिक्षकको सहभागितामा कार्ययोजना सम्बन्धी छलफल भएको थियो । भेलामा बिद्यालय, समुदाय तथा घरपरिवारतहमा हुने बा...

माओवादी केन्द्रको बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल

ब्रेकिङ न्युज २, राजनिती
नेकपा (माओवादी केन्द्र) बागमति प्रदेश कमिटिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । सोमबार बेलुका भएकोे निर्वाचनमा पौडेलले अर्का प्रतिद्वन्द्वी दिननाथ गौतमलाई पराजित गर्नुभएको हो । बागमति प्रदेश निर्वाचन समितिको अन्तिम मत परिणाम अनुुसार ३ उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी (छिन्तु) निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिवमा ईन्द्रबहादुर थिङ( छिनताङ) , सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेक्ष्ठ र कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनुभयो । अध्यक्षमा निर्वाचित अध्यक्ष पौडेल सिन्धुपाल्चोकका नेता हुनुहुन्छ । अर्का प्रतिश्पर्धी दिननाथ गौतम भने काभ्रेका नेता हुनुहुन्छ । २ सय ७५ मतदाता रहेकोमा २ सय ५७ मत खसेको थियो । जसमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयमो । खसेको मध्ये ९ मत बदर भएको केन्द्रीय निर्वाचन आयोग बागमत...

सप्रोस नेपालद्धारा ईन्द्रावतीमा ह्विलचियर वितरण

ब्रेकिङ न्युज २, समाचार
सप्रोस नेपालद्धारा ईन्द्रावती गाउँपालिकामा अपाँगता भएका ५ जनालाई ह्विलचियर वितरण गरिएको छ । क बर्गको अपाँगता भएका ब्यक्तीहरुलाई उहाँहरुको घरमै गएर ह्विलचियर वितरण गरिएको सप्रोस नेपालका कार्यक्रम ब्यवस्थापक निराजन चौलागाईले जानकारी दिनुभयो । ईन्द्रावती गाउँपालिका वडा नम्बर २ पहिरेनी टोलको रुपा भारती, वडा नम्बर २ कै भोर्ले टोलकी मँगली तामाङ, वडा नम्बर ९ भैलबरे टोलका सोमबहादुर तामाङ, वडा नम्बर ११ का बद्रु माझी र सुनमाया माझी लगायतको घरमै पुगेर ह्विलचियर वितरण गरिएको उहाँले बताउनुभयो । ह्विलचियर वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बँशलाल तामाङ, प्रमुख प्रसाशकिय अधिकृत रामप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष तामाङले सप्रोस नेपालले गरेका कामले पालिकाभित्र रहनुभएका अपाँगता भएका ब्यक्तिहरुलाई सहजता भएको बताउँदै सँस्थाले गरेको कामलाई मध्यनजर गर्दै सँरचनात्मक समायोजनको ल...

माओवादी वाग्मती प्रदेशमा सहमती नभएपछी निर्वाचन हुँदै

ब्रेकिङ न्युज २, राजनिती
सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशको अध्यक्षसहित पदाधिकारी निर्वाचन प्रक्रियाबाट चुनिने भएको छ । जसमा सबै प्रतिनिधिले भोट हाल्न भने पाउनेछैनन् । कार्यसमिति सदस्यले मात्रै मतदानमा सहभागी जनाउन पाउने नेकपा माओवादी केन्द्र बागमती प्रदेश निर्वाचन कमिटीका सदस्य डीबी तामाङले जानकारी दिनुभयो । अन्तिम सहमतिका लागि अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा बैठक गरिएको थियो । सो बैठकलेसमेत सहमति जुटाउन नसकेपछि नेतृत्वका लागि निर्वाचन गर्नुपर्ने भएको हो । वाग्मतीको अध्यक्षका लागि सिन्धुपाल्चोकका सरलसहयात्री पौडेल, काभ्रेका दीनानाथ गौतम बीच प्रतिष्पर्धा हुने देखिएको छ । अध्यक्षका दाबेदार भक्तपुरका डिपी ढकालले सरल सहयात्रीलाई समर्थन गरेर ब्याक हट्नुभएको छ । अर्का दाबेदार विदुर खड्का कोषाध्यक्षमा उम्मेदवार बन्ने बताउनुभएको छ । उहाँहरूले छाडेसँगै सरल र दिनानाथबीच चुनाव हुने पक्कापक्की ...

नेवाः खलद्धारा नवनियुक्त प्रदेश राज्य मन्त्री गुरुङ लाई सम्मान

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री इन्द्रमाया गुरुङ (श्रेष्ठ)लाई मेलम्ची नेवाः खलद्धारा सम्मान गरिएको छ । मेलम्चीमा रहेको इन्द्रेश्वर मन्दिरमा धान्य पुर्णिमाको अवसरमा एक कार्यक्रमको बीचमा उहाँलाई खलले सम्मान गरेको हो । इन्द्रेश्वरी मा.वि.मा अध्ययन गर्दै राज्यमन्त्री गुरुङले राजनितिक यात्रा अगाडि बढाएको बताउँदै खलका सचिव श्रेष्ठले आगामी कार्यकाल सफल रहोस भन्दै सम्मान गर्दै शुभकामना ब्यक्त गर्नुभयो । उहाँले मेलम्ची क्षेत्र एक व्यापारिक हिसाबले मात्र नभई धार्मिक, पर्यटकिय तथा कृषिका हिसाबले पनि धेरै सम्भावना बोकेको क्षेत्र भएकाले यसको पर्वद्धनमा राज्य मन्त्रीको जोड रहनेमा विश्वत रहेको पनि बताउनुभयो । कार्यक्रमको अध्यक्षता खलका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गर्नुभएको थियो ।...

गजल अभियान सिन्धुपाल्चोकमा सुन्दर

ब्रेकिङ न्युज २, साहित्य
आधुनिक नेपाली गजल अभियान सिन्धुपाल्चोकको अध्यक्षमा सुन्दर शिरीषलाई चयन गरेको छ । शिरीषको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरिएको छ । गजल अभियानको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा विजय नेपाल, सहसचिवमा ललिता गजमेर, कोषाध्यक्षमा रस्मिला खत्री चयन हुनुभएको छ । समितिको सदस्यहरुमा केशवप्रसाद अधिकारी, सुरशेकुमार थामी, मेनुका कटुवाल, दुर्गाबहादुर श्रेष्ठ, उमेश विक, सानुमाया तामाङ रहनुभएको छ । गजल अभियानको सल्लाहकारमा भने अमित घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा जीवन श्रेष्ठ र किशमा किशोर रहनुभएको छ । त्यस्तै सोहि भेलाले मानार्थ सल्लाहकारमा सुरेश कसजू, बिपिन सलामी र बाबु त्रिपाठीलाई स–सम्मान सामेल गराएको छ ।...

गुन्साका विद्यार्थीलाई झोला वितरण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर – ५ गुन्साको विद्यार्थीलाई झोला वितरण गरिएको छ । गुन्सामा रहेको कुम्भेश्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई गुड ह्यान्ड्स नेपालले उक्त भोला वितरण गरेको हो । झोला वितरणले विद्यार्थीहरुलाई शैक्षिक सामग्री बोक्न सहज भएको बताउँदै वडाअध्यक्ष काले गोलेले सहयोगी सँस्थाप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनी सहयोगका लागी आग्रह गर्नुभयो । झोला वितरण कार्यक्रममा गुड ह्यान्ड्स नेपालका तर्फबाट बोल्दै दावा लामा हयोल्मोले आगामी दिनमा पनी विद्यार्थीहरुकको शैक्षिक प्रगतीका लागी यस्ता सहयोगले निरन्तरता पाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । हातहातमा झोला पाए पछि बिद्यार्थि पनि खुसी भएका थिए । कार्यक्रम आयोजक सङ कुरा गर्दै एक बिधार्थिले मेहनत गरेर पढ्न हौशला मिलेको बताउनुभयो ।...