
नेकपा (माओवादी केन्द्र) बागमति प्रदेश कमिटिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । सोमबार बेलुका भएकोे निर्वाचनमा पौडेलले अर्का प्रतिद्वन्द्वी दिननाथ गौतमलाई पराजित गर्नुभएको हो ।
बागमति प्रदेश निर्वाचन समितिको अन्तिम मत परिणाम अनुुसार ३ उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी (छिन्तु) निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिवमा ईन्द्रबहादुर थिङ( छिनताङ) , सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेक्ष्ठ र कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनुभयो । अध्यक्षमा निर्वाचित अध्यक्ष पौडेल सिन्धुपाल्चोकका नेता हुनुहुन्छ । अर्का प्रतिश्पर्धी दिननाथ गौतम भने काभ्रेका नेता हुनुहुन्छ ।
२ सय ७५ मतदाता रहेकोमा २ सय ५७ मत खसेको थियो । जसमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयमो । खसेको मध्ये ९ मत बदर भएको केन्द्रीय निर्वाचन आयोग बागमति प्रदेश निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा १८ जना प्रदेश सदस्य भने उपस्थित भएनन् ।
