सम्पर्क

पाँचपोखरीमा पशु विमा बापत प्राप्त रकम किसानलाई हस्तान्तरण

पशु विमा कार्यक्रम अन्र्तगत पशुको विमा गर्ने किसानहरुलाई विमा बापत प्राप्त रकम पाँचपोखरी थाङ्पाल गाउँपालिकाले हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष टासि लामाले पशुपालन गर्दै आएका र विमा गरेका किसानहरुलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । रकम प्राप्त गर्नेहरुमा चौरी पालन गर्दै आउनुभएका गुन्साका सानु कान्छा तामाङ्गलाई ५४०००, बाख्रा पालन गर्ने गुन्साका साइँला साङबो तामाङ , ९००० , चौरी पालन गरोका गुन्साका प्रदीप तामाङ लाई ४९ हजार ५०० हस्तान्तरण गरिएको हो । गुन्साका बाख्रा पालन गर्ने तारा लामा तामाङाई १४हजार ४०० , लक बहादुर बम्जनलाई १४ हजार ४०० वितरण गरिएको गाउँपालिका बाट जानकारी प्राप्त भएको छ । त्यस्तै भोताङका आइत तामाङलाई १६ हजार २ सय, डोल्मा तामाङलाई ३६००० , लाक्पा सिंगी झाग्री तामाङलाई १६ हजार २०० , बब्लु तामाङलाई ४० हजार ५०० ,जगत कुमारी चापागाईं लाई १३ हजार ५००र अशोक खड्का लाई ९०००० गरी कुल ३ लाख ५३ हजार ७०० रुपैंया हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।