सम्पर्क

नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसनद्धारा प्रदेश राज्यमन्त्रीलाई ज्ञापन पत्र

नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन, जिल्ला कार्य समिति सिन्धुपाल्चोकले मेलम्चीमा एक समारोहका बिच बागमति प्रदेश कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरूङ लाई बधाई तथा शुभकामना ब्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ ।
नव नियुक्त राज्यमन्त्रीलाई सिन्धुपाल्चोक जिल्लाका कृषि तथा पशुपन्छी विकासको सम्भावना र चुनौतिको बारेमा समेत जानकारी गराई प्रदेश सरकार अन्तर्गतका कृषि र पशुपन्छी विकासका कार्यालय सिन्धुपाल्चोक जिल्लामा नभएकाले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संचालनमा ल्याउन ज्ञापन पत्र समेत बुझाएको नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसनका जिल्ला सचिव दिपक थापाले जानकारी दिनुभयो । सचिव थापाका अनुसार ज्ञापन पत्रमा एक वडा एक कृषि तथा पशु सेवा प्राविधिक जनशक्ति व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराईएको छ ।