सम्पर्क

सप्रोस नेपालद्धारा ईन्द्रावतीमा ह्विलचियर वितरण

सप्रोस नेपालद्धारा ईन्द्रावती गाउँपालिकामा अपाँगता भएका ५ जनालाई ह्विलचियर वितरण गरिएको छ ।
क बर्गको अपाँगता भएका ब्यक्तीहरुलाई उहाँहरुको घरमै गएर ह्विलचियर वितरण गरिएको सप्रोस नेपालका कार्यक्रम ब्यवस्थापक निराजन चौलागाईले जानकारी दिनुभयो ।
ईन्द्रावती गाउँपालिका वडा नम्बर २ पहिरेनी टोलको रुपा भारती, वडा नम्बर २ कै भोर्ले टोलकी मँगली तामाङ, वडा नम्बर ९ भैलबरे टोलका सोमबहादुर तामाङ, वडा नम्बर ११ का बद्रु माझी र सुनमाया माझी लगायतको घरमै पुगेर ह्विलचियर वितरण गरिएको उहाँले बताउनुभयो । ह्विलचियर वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बँशलाल तामाङ, प्रमुख प्रसाशकिय अधिकृत रामप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष तामाङले सप्रोस नेपालले गरेका कामले पालिकाभित्र रहनुभएका अपाँगता भएका ब्यक्तिहरुलाई सहजता भएको बताउँदै सँस्थाले गरेको कामलाई मध्यनजर गर्दै सँरचनात्मक समायोजनको लागी गाउँपालिका र सप्रोस नेपाल मिलेर साझेदारीमा कार्यक्रम सञ्चालन गरिने समेत जानकारी दिनुभयो ।