सम्पर्क

रामचन्द्र श्रेष्ठलाई चौतारा क्याम्पसको सम्मान

चौतारा बहुमुखी क्याम्पसद्धारा सामाजिक अभियान्ता एवम् अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन आरटिएम रामचन्द्र श्रेष्ठलाई सम्मान गरिएको छ ।

क्याम्पसले सोमबार बिहान श्रेष्ठलाई अभिनन्दन गरेको हो । क्याम्पसको सभाहलमा भएको सो कार्यक्रमकै बीच सिन्धु मिलन केन्द्र र चौतारा क्याम्पसको पूर्व विद्यार्थी समाजले पनि श्रेष्ठलाई सम्मान गरेका थिए । क्याम्पसका बरिष्ठ उप प्रध्यापक यज्ञप्रसाद दँगालले स्वागत मन्तब्य राख्नुभएको सो कार्यक्रममा सिन्धु मिलन केन्द्रका अध्यक्ष तथा क्याम्पस सञ्चालन समितिका सदस्य ई. गम्भीरलाल श्रेष्ठ, स्थानिय क्याम्पससञ्चालन समितिका अध्यक्ष तथा राजनीतिज्ञ सोम सापकोटा, क्याम्पस सञ्चालन समितिको सदस्य तथा युवा नेतृ सीता थापा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
क्ययाम्पस सञ्चालन समितिका अध्यक्ष कृष्णराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार दिल कार्की र घनश्याम नेपालले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस सम्बद्ध व्यक्तित्वहरु, सुरक्षकर्मी, पत्रकार एवम् साहित्यकार र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।