सम्पर्क

राप्रपाको विभिन्न तहमा विजयी हुनेहरुलाई स्वागत तथा सम्मान कार्यक्रम

राष्ट्रीय प्रजातन्त्र पार्टी चौतारा साँगाचोकगढी नगर समितिको आयोजनामा पार्टीको विभिन्न तहमा विजयी हुनुभएकाहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
केन्द्रीय सदस्य दईन्द्र ब ठकुरि , निर्मला श्रेष्ठ, यस्मिन ढुङगाना, जिल्ला अध्यक्ष निलध्वज थापा , क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष रामेश्वर खड्का , २ नम्बर क्षेत्रीय अध्यक्ष कुमारि तामाङ , क्षेत्र नम्बर १ को प्रदेश (ख) को अध्यक्ष जित बहादुर भारति ,क्षेत्र नम्बर २ को प्रदेश (क ) को अध्यक्ष बाबुराम खड्का , प्रदेश (ख)को अध्यक्ष गोबिन्द गरुङ लगायतलाई स्वागत गर्दै केन्द्रीय सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रीय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष निल ध्वज थापाले जिल्लाका सबै कार्यकर्ताको सँरक्षण जिल्लाको नागरिकको हितका लागि राप्रपा सधैं लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी नगरका वडा प्रतिनिधिहरुलाई आगामी निर्बाचनमा राप्रपा सिन्धुपाल्चोकलाई पहिलो पाटि बनाउन लागि पर्न अनुरोध गर्दै राप्रपालाई सिन्धुपाल्चोकमा पहिलो पार्टी बनाउने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरिले पत्रकार सम्मेलन गर्दै राप्रपाको धारणा सार्बजनिक गर्नुभएको थियो । केन्द्रीय सदस्य ठकुरीले निर्वाचनमा राजा र हिन्दु राष्ट्रका नाममा भोट माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनमा पनि हिन्दु राष्ट्र र राजतन्त्रको बिषयलाइ प्राथमिकता दिएको बताउनुहुँदै ‘राजा र हिन्दु राष्ट्रको बिषयमा हामी अलिकति पनि परिवर्तन नभएको बतमाउनुभयो । उहाँले पार्टीभित्र राजतन्त्र चाहिन्छ भन्ने हाम्रो अजेन्डामा पार्टीभित्र कसैको विमति नरहेको र नेपालमा धर्म निरपेक्षता र सँघीयता लागु भएपछी मुलुकलाई ठूलो भार परेको समेत बताउनुभयो । सबै मिलेर बस्ने , सबै अट्ने सनातन हिन्दु धर्म रहेको यस राज्यमा धर्म धर्मविच विवाद ल्याँउने काम भईरहेको बताउँदै ठकुरीले ९५ प्रतिशत सनातन हिन्दुधर्म मान्ने रहेको हाम्रो राज्यमा सनातन हिन्दु राज्य स्थापना गर्ने , स्थानिय सरकारलाई शक्ति सम्पन्न बनाउँदै सँघियता खारेज गर्न र दलभन्दा माथी राजालाई राष्ट्रप्रमुखको रुपमा राखेर प्रधानमन्त्रीको पदमा प्रत्यक्ष निर्वाचन गरी नागरीकबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको ब्यवस्था गर्नको निमित्त राष्ट्रीय प्रजातन्त्र पार्टी लागिपरेको स्मरण समेत गराउनुभयो ।
राप्रपा चौतारा साँगाचोकगढी नगर समितिका अध्यक्ष शेर बहादुर ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कार्य समितिका सदस्य राप्रपा जिल्ला युवा नेता दिपक थापाले स्वागत मन्तब्य राख्दै सबैले राप्रपाको नीति र निर्देशन लाई कार्यन्वयन गर्न सबै लागी पर्नुपर्ने बताउनुभयो ।
यसैगरी राप्रपा पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ४ मा रहेको थाङपाल भ्यालि माविमा बिद्यालय ब्यबस्थापन समितिको निश्पक्ष गठनको माग गर्दै प्रमुख जिल्ला अधिकारी र शिक्षा समन्वय ईकाईलाई छुट्टा छुट्टै ज्ञापन पत्र समेत बुझाएको छ । राप्रपाको केन्द्रीय सदस्य निर्मला श्रेष्ठ, क्षेत्रिय अध्यक्ष कुमारि तामाङ, प्रदेश (ख) का अध्यक्ष बाबुराम खड्का, राप्रपाको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष भिम बहादुर गुरुङ (चित्र) लगायतका प्रतिनिधिहरुको सहभागितामा ज्ञापनपत्र बुझाईएको हो । पत्र बुझ्दै शिक्षा समन्वय ईकाईका प्रमुख कृष्ण सुवेदीले शिक्षा नियमावली अनुसार काम गर्न स्थानिय शिक्षा प्रमुखलाई सरकारको निर्देशन भएको र नियम बिपरित कुनै पनि काम गर्न नमिल्ने बताउनुभयो । शैक्षिक क्षेत्रमा राजिनति गर्न नहुने स्वच्छ शिक्षा सिकाईका लागि सबै मिलेर काम गर्न पर्ने उहाँले बताउनुभयो । त्यसैगरी जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत रमेश बिश्वकर्माले ज्ञापन पत्र बुझ्दै तत्काल कार्यन्वयनको लागी अगाडी बढाउने बताउनुभयो ।