सम्पर्क

बाल अधिकार तथा बाल संरक्षण सम्वन्धि कार्ययोजना कार्यान्वयनका लागि पालिका अध्यक्ष समक्ष ज्ञापन पत्र पेश

सुनकोशी गाँउपालिकाको वडा नं १ देखि ५ मा रहेका ९ वटा विद्यालयमा गठन भएका बाल समुहको भेला यही मिति २०७८ पौष ५ र ६ गते सुकुटेमा सम्पन्न भएको छ । उक्त बाल समुहको भेलाले बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि कार्ययोजना तयारी गरी सो कार्ययोजना कार्यान्वयनका लागि माग गर्दै सुनकोशी गाँउपालिकाका अध्यक्ष श्री श्रबण कुमार जि. सी.समक्ष ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझिसकेपछि गाउपालिका अध्यक्ष जि.सि ले उक्त ज्ञापन पत्रमा उल्लेखित कार्ययोजना प्रति आफ्नो ध्यान आकर्षण भएको र उक्त कार्ययोजनालाई गाँउ पालिकाले प्राथमिकतामा राखी कार्यन्वयनमा लैजाने प्रतिबद्धता जाहेर गर्नुभयो ।
ज्ञापन पत्र बुझाउनु अघि ९ वटा विद्यालयबाट छनौट भइ आएका ३५ जनाभन्दा बढी बाल समुहका प्रतिनिधि तथा ९ वटै बिद्यालयका बाल सँरक्षक शिक्षकको सहभागितामा कार्ययोजना सम्बन्धी छलफल भएको थियो । भेलामा बिद्यालय, समुदाय तथा घरपरिवारतहमा हुने बाल संरक्षणका सवालहरु पहिचान गरिएको थियो । दुइदिने भेलामा सुनकोशी गाँउपालिकामा बिद्यमान बाल संरक्षण सम्बन्धी सवालहरु जस्तै बाल बिबाह, बाल दुब्र्यबहार, बाल हिँसा, घरेलु हिँसा हुनुका कारणका बारेमा बिस्तृत छलफल भएको थियो । उक्त भेलाका लािग टुकीसंघ सुनकोशी तथा चाइल्ड फन्ड जापानको आर्थिक र प्राबिधिक सहयोग रहेको थियो ।