सम्पर्क

भोटेकोशीद्धारा मनसुनजन्य बिपद् प्रभाबितलाई राहत

भोटेकोशी गाउँपालिकामा बिभिन्न समयमा मनसुनजन्य विपद् प्रभावित परिवारलाई राहत बितरण गरिएको छ ।
जिल्ला बिपद् व्यवस्थान समिति तथा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र गाउँपालिका आफैले खरिद गरेको सामानहरु बितरण गरिएको हो । झिर्पू माध्यामिक बिद्यालयको प्राँगणमा प्रभाबितहरुलाई भेला गरेर राहत प्रदान गरिएको थियो । बितरण गरिएको सामग्रीले पीडितले राहत महसुस गरेका छन् । गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले राहत सामाग्री बितरण गर्नुभएको थियो ।
सो अवसरमा उपाध्यक्ष दावुटी शेर्पा, प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो । आर्थिक बिपन्न भएर पनि बिपद्वबाट पीडित भएकाहरुले यो सहयोग पाएपछि खुशी ब्यक्त गरेका छन् । वडा नम्वर १ देखि ५ सम्मका प्रभावितहरुलाई नुन १ केजी,तेल १ लिटर, चालम ३० केजी, मैदा १० केजी प्रदान गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।