सम्पर्क

चौताराको गैरीगाउँमा आगलागी

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित गैरी गाउँमा आँगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । राजन श्रेष्ठ को १ तले ढलान घरमाथी रहेको जस्ता र काठको टहरो मा रहेकोे चुलो मा पिँडालु बसालेको मा चुलो बाट अचानक नजिकै रहेको सुकेको मकै मा आगो सल्कन गै आगोलागी भएको प्रहरीले जानकारी दिएको छ । उक्त आगोलागीबाट कुनै पनि मानवीय तथा चौपाया छेती नभएको समेत प्रहरीले जनाएको छ । उक्त ट्रस्ट मा राखिएको धान ,चामल ,कोदो,मकै र कपडा हरु जलेर नस्ट भएको भएको छ । उक्त आगोलागी नेपाली सेना ,शस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको र क्षतिको पूर्ण विवरण भने को विवरण आउन बाकी रहेको छ ।