
प्रेस चौतारी नेपाल,काभ्रेल स्वर्गीय पत्रकार नानीराम नेपालको परिवारलाई रू ५० हजार ३१ सहयोग गरेको छ ।
हृदय घात भई असमाहिक निधन हुनुभएका नेपालको परिवारलाई सहयोग गर्नका लागि प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले सुरुवात गरेको सहयोग कोषमा प्रेस चौतारी नेपाल काभ्रे सम्बद्ध साथीहरूबाट सँकलित उक्त रकम सहयोग गरिएको प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिनुभयो । सहयोगको लागि काभ्रे प्रेस चौतारी नेपाल परिवारलाई सिन्धुपाल्चोकका प्रेस चौतारि नेपालका अध्यक्ष बिदुर आचार्यले धन्यवाद ब्यक्त गर्नुभयो ।
