सम्पर्क

मैत्रीपुण टेबुल टेनिस प्रतियोगितामा नेपाल प्रहरी अगाडी

कर्मचारी ,बैंकर्स र सुरक्षाकर्मी बिच भएको मैत्रीपुर्ण टेबुलटेनिस प्रतियोगितामा नेपाल प्रहरीले जित निकालेको छ । प्रतियोगितामा सिंगल तर्फ सिन्धुपाल्चोक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजन अधिकारी प्रथम हुनुभयो । यस्तै प्रहरी नायव निरीक्षक अजित राज बस्नेत दोस्रो हुनुभयो भने रमेश श्रेष्ठ तेस्रो हुनुभएको छ । डबल्स तर्फ पनि प्रहरीकै टिम प्रहरी उपरीक्षक अधिकारी, प्रहरी नायव निरीक्षक बस्नेत प्रथम हुँदा द्धितिय तर्फ प्रहरी हवल्दार दिनेश स्याङतान र प्रहरी जवान तारा वहादुर थामीको टिम बन्यो । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाको कर्मचारी वद्री भुजेल र सुनील सापकोटाले भने तेस्रो स्थानमै चित्त बुझाउनु परेको छ । उक्त प्रतियोगितामा खेलको उत्कृष्ट खेलाडी समेत प्रहरी उपरीक्षक अधिकारी घोषीत हुनुभयो ।

विहिबार वनदेवी कभर्ड हल,चौतारामा आयोजित मैत्रीपूर्ण टेवुल टेनिस प्रतियोगिता–२०७८ मा श्री गोरखबक्स गण,जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, आयोजक टिम,कर्मचारी मिलन केन्द्र र नगर भित्र रहेका बैंक वित्तिय संस्थाहरु सहभागी भएका थिए ।
चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समिति र चौतारा साँगाचोकगढी नगरपालिकाले आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।