सम्पर्क

मेलम्चीको शिखरपुरमा महेन्द्र निसान दुर्घटना हुँदा एकको मृत्यु

मेलम्ची नगरपालिकको वडा नम्बर १० अन्र्तगत शिखरपुरमा महेन्द्र निसान दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षिय कमल कार्किको मृत्यु भएको स्थानियले बताएका छन् ।
शुक्रबार बिहान बा २ ख ३६८९ नम्बरको महेन्द्र निसानबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको हो । ट्रक लगभग १०० मिटर तल पुगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । मृतक कार्की गाडी धनी समेत हुनुहुन्छ ।