नेपाल कम्युनिस्ट पार्टि (एमाले) बलेफि गाउँपालिका कमिटिले सपथ ग्रहण तथा बधाई कार्यक्रमको आयोजना गरेको छ ।
पुर्वमन्त्री तथा नेकपा एमालेका नव निर्वाचित स्थायी कमिटि सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बलेफि गाउँपालिका उपाध्यक्ष कमला कायस्थ, जिल्ला कमिटि सदस्यहरु डुप छिरिङ तामाङ, निर्मल बन्जारा, कृष्ण क्षेत्री, प्रेमध्वज लामा,प्रदेश कमिटि सदस्यहरु डम्बर थापा, बिनोद नेपाल, राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरु सपना थापा, टपिन्द्र तिमल्सिना, कार्केल लामा, कमल नेपाल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।गत कार्तिक ९ गते सम्पन्न सो पालिकाको अधिबेशनबाट अध्यक्ष, नारायण काजी श्रेष्ठ उपाध्यक्ष, अर्जुन चालिसे, सचिव खिका प्रसाद नेपाल र उपसचिव साम्देन तामाङ र सुर्य बहादुर खडका लगायत सदस्यहरु निर्वाचित हुनु भएको थियो ।बलेफि गाउँपालिका अध्यक्ष एंव अध्यक्ष मण्डलका अध्यक्ष केदार क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रमको संञ्चालन अध्यक्ष मण्डलका सदस्य अधिवक्ता रामहरि नेपालले गर्नु भएको थियो । कार्यक्रमकै अबसरमा राष्ट्रिय जनमोर्चाबाट साधुराम नेपालको नेतृत्वमा करिब २० जना नेकपा एमाले प्रवेश गरेका थिए ।
