सम्पर्क

चौतारामा कम्युटरमा आँखा जाँच गर्ने प्रविधीको सुरुवात

तिलगँँगा आँखा केन्द्रको सहयोगमा सिन्धुपाल्चोकको चौतारामा रहेको सामुदायीक आँखा केन्द्रमा कम्युटरमा आँखा जाँच गर्ने प्रविधी ल्याईएको छ ।
जिल्ला समन्वय समितिको हलमा गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रको सामाजिक लेखापरिक्षण कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो । तिलगँगा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाईटी , चौतारा साँगाचोकगढी नगरपालिका र द फ्रेड होलवज फाउण्डेसनको सँयुक्त आयोजनामा उक्त सामाजिक लेखापरिक्षण गरिएको हो । सामाजिक लेखापरिक्षण कार्यक्रममा दुर शिक्षा प्रविधि सिन्धुपाल्चोकमा ल्याउन सरोकारवाला निकायसँग पहल गरिने समेत बताईएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका बालवालिकाको निशुल्क आँखा परिक्षण गरी चस्मा आबश्यक हुनेहरुका लागी चस्मा समेत वितरण गर्ने भएको छ । सामुदायिक आँखा अस्पतालले १० वजेदेखी २ वजेसम्म दिदै आएको सेवा अवदेखी ९ बजेदेखी ६ बजेसम्म दिने पनी जानकारी गराईएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख कृष्ण सुबेदीले बढी विद्यार्थी भएको विद्यालयमा आँखा जाँच शिविर राख्न आवश्यक रहेको बतमाउँदै ठूला– ठूला विद्यालयमा शिविर राख्न आग्रह गर्नुभएको छ ।
तिलगँगा आँखा प्रतिस्ठानका ब्यवस्थापक डा. खिम बहादुर गिरीले देशभरका ७ सय ५३ स्थानिय तहमध्ये ५० प्रतिशतमा अझै आँखाको सेवा विस्तार हुन नसकेको बताउनुभयो । उहाँले ठुला शिविर लान नसकेपनी साना शिविरहरु वडा स्तरमै लैजान आबश्यक रहेको समेत बताउनुभयो । ब्यवस्थापक गिरीका अनुसार यो वर्ष मोतियाविन्दुको शिविर सिन्धुपाल्चोकमा २० पटक गरिने छ । शिविरमा १०० जनाको शल्यक्रिया गरिने लक्ष्य राखेको भएपनी बढी विरामी आए नफर्काई उपचार गरिने समेत बताउनुभयो ।
सामुदायिक आँखा केन्द्रका ब्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकका अध्यक्ष राजेन्द्रमान ताल्भाभडेलले माघको १८ र १९ गते मोतियाविन्दु भएकाहरुको अप्रेशनका लागी शिविर राखिने बताउँनुभयो । उहाँले २०२२ सम्ममा जुगल गाउँपालिकामा थप सेवा विस्तार गरिने योजना रहेको समेत बताउनुभयो । अहिले चौतारा, मेलम्ची र बार्हविसेमा सेवा दिईरहेको छ ।
कार्यक्रममा तिलगँगा आँखा केन्द्रका अधिकृत नविनराज जोशी, नेपाल रेडक्रस सोसाईटीका मन्त्री कमलचरण कक्षपती, सरोकारवाला निकायका प्रतिनिधी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।