सम्पर्क

सिन्धुपाल्चोकका सबै विद्यालयमा कोरोना विरुद्धको खोप

सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालने भएको छ । स्वास्थ्य कार्यालयद्धारा सँचालित स्वास्थ्य सम्बन्धी गतिविधी विषयक अन्र्तक्रिया कार्यक्रममा १२ वर्ष देखि १७ वर्ष उमेर समुहका सबै बालबालिकालाई सो खोप दिन लागिएको बताईएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाँईका अनुसार सिन्धुपाल्चोकका करिब २८ हजार बालबालिकालाई तेस्रो चरणको खोप अभियान अन्तर्गत तीन दिन भित्रमा मोडर्ना खोप लगाई सक्ने योजना छ । उहाँका अनुसार विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समुहका बालबालिकाले समेत नजिकको खोप केन्द्रबाट खोप सक्नेछन् ।
माध्यमिक रुपमा सञ्चालित निजी विद्यालयबाट पनि खोप सेवा लिन सकिनेछ । यो खोप पहिलो डोज लगाएपछि २८ पछि दोस्रो डोज लगाउनुपर्दछ । नेपालमा यो खोप नयाँ प्रयोग हो । मोडर्ना खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको विस्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले जनाएको छ । मोडर्ना खोप हालसम्म उपयोगी रहेको अध्ययनले देखाएको छ । यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ ।