सम्पर्क

सिन्धुपाल्चोकका ३२ वटा एम्बुलेन्समा अनलाइन जिपीएस ट्राकिङ्ग सुरु

सिन्धुपाल्चेकमा रहेका ३२ वटा एम्बुलेन्सहरुलाई अनलाइन जिपीएस ट्राकिङ्ग सुरु गरिएको छ ।
आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको र फोन नउठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भनेर जवाफ आउने गरेको प्रसस्तै उदाहरणहरु छन् । सोही वाध्यता अन्त्य गर्नको लागि वागमती प्रदेश प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले यो अभियान सुरुवात गरेको हो ।

एम्वुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले हाल सिन्धुपाल्चोकका ३२ वटा एम्वुलेन्सहरुमा एक्डिभाइस जडान गरी धुलिखेलमा रहेको डिप्याच सेन्टरमा जडान गरिएको हो ।

स्वास्थ्य कार्यालयद्धारा सँचालित स्वास्थ्य सम्बन्धी गतिविधी विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले यसबाट सर्वसाधारणहरुले समयमा नै एम्बुलेन्स नपाउने अवस्थाको अन्त्य हुने समेत अपेक्षा लिइएको बताउनुभयो ।

मोवाइल प्रयोगकर्ताहरुका लागि अनलाईन एन्ड्रोईड एप्लीकेशनमा आधारित मोवाइल एपिलेकशनको समेत व्यबस्था गरिएको छ । हेल्प लाइन सेवा २४ सै घण्टा उपलब्ध हुनेछ र आकस्मिक उपभोक्ताले सो हेल्पलाईनमा फोन गरी आफु रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्प लाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सवैभन्दा नजिक र खाली रहेको एम्वुलेन्स एकिन गरी उक्त एम्वुलेन्सको चालकको मोवाइल नम्वर सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।

उक्त एम्वुलेन्सले सो सेवाग्राहीलाई सेवा दिए वा नदिएको जानकारी तुरुन्त इप्रविधि मार्फत अनुगमन गरिनेछ सर्वसाधरणले १०२ मा फोन गरेर सिधै सेवा ग्राहिले एम्वुलेन्स सेवा प्राप्त गर्न सक्ने जानकारी समेत स्वास्थ्य कार्यालयका प्रमुख चापागाईले दिनुभयो ।