सम्पर्क

गुन्साका विद्यार्थीलाई झोला वितरण

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर – ५ गुन्साको विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
गुन्सामा रहेको कुम्भेश्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई गुड ह्यान्ड्स नेपालले उक्त भोला वितरण गरेको हो । झोला वितरणले विद्यार्थीहरुलाई शैक्षिक सामग्री बोक्न सहज भएको बताउँदै वडाअध्यक्ष काले गोलेले सहयोगी सँस्थाप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनी सहयोगका लागी आग्रह गर्नुभयो । झोला वितरण कार्यक्रममा गुड ह्यान्ड्स नेपालका तर्फबाट बोल्दै दावा लामा हयोल्मोले आगामी दिनमा पनी विद्यार्थीहरुकको शैक्षिक प्रगतीका लागी यस्ता सहयोगले निरन्तरता पाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
हातहातमा झोला पाए पछि बिद्यार्थि पनि खुसी भएका थिए । कार्यक्रम आयोजक सङ कुरा गर्दै एक बिधार्थिले मेहनत गरेर पढ्न हौशला मिलेको बताउनुभयो ।