सम्पर्क

नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशनमा नयाँ नेतृत्व

नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशन, जिल्ला कार्य समिति, सिन्धुपाल्चोकको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । होटल पाथिभारा, सिम्लेमा अधिवेशन सम्पन्न भएको हो ।

जिल्ला अधिवेशन बाट अध्यक्षतामा गुणराज गजुरेल चयन भएका हुनुभएको छ । समितिको उपाध्यक्षमा बिमला अधिकारी, सचिवमा दिपक थापा, सह–सचिवमा राज अधिकारी, कोषाध्यक्षमा खड्क बहादुर श्रेष्ठ, सदस्यहरू भोज बहादुर के.सी., सुवाश सापकोटा, रविन्द्र सापकोटा, दिपेन्द्र दुलाल, पृथ्वीमान तामाङ, प्रेम कुमार श्रेष्ठ, वीर बहादुर तामाङ र माई सिं तामाङ चयन हुनुभएको छ ।