सम्पर्क

सामाजिक अभियन्ता रामचन्द्र श्रेष्ठ अभिनन्दीत

नेपाल पत्रकार महासँघको आयोजना र विभिन्न सँघसँस्थाको सह–आयोजनामा सामाजिक अभियन्ता रामचन्द्र श्रेष्ठलाई अभिनन्दन गरिएको छ ।
अमेरिकाको ब्राण्डफोर्ड कनेटिकटकको क्षेत्र न ४ आरटीयम पदमा विजय हुनुभएको अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा , चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडा कार्यालय, दुखि प्रकाशन, शब्द सारथि, श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय , मिस नेवा खेल, लायन्स क्लव अफ काठमाडौ सिन्धु चौतारा सिट ,जनहित ग्रमिण सेवा समिति ,सर्वपक्ष दैनिक ,क्यान सिन्धुपाल्चोक, सिन्धु कला मन्दिर , नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले सयुक्त रुपमा कार्यक्रम आयोजना गरी श्रेष्ठलाई अभिनन्दन गरिएको हो ।
अभिनन्दन कार्यक्रममा प्रमुख अतिथी तथा चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङले रामचन्द्र श्रेष्ठ असल भएकाले यस्ता सम्मान पाएको बताउँनुहुँदै श्रेष्ठ निर्वाचित भएको अमेरिकाको सिटीसँग चौतारा नगरपालिकाले भगिनी सम्बन्ध कायम गर्न चाहेको र त्यसका लागी प्रबन्ध मिलाईदिन श्रेष्ठलाई आग्रह समेत गर्नुभयो ।
अभिनन्दन कार्यक्रममा पुर्व साँसद कृष्णराज श्रेष्ठ, चौतारा क्याम्पसका प्रध्यापक नगेन्द्र दँगाल, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष नरमान श्रेष्ठ , चौतारा बहुमुखी क्याम्पसका उपप्रध्यापक यज्ञ दँगाल, सिन्धु नेवा खलका अध्यक्ष माधवलाल कर्माचार्य र सबै राजनितिक दलको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगर सभापति ईन्द्रलोचन धिताल लगायतले रामचन्द्र श्रेष्ठको ब्यक्तिगत जिवनको बारेमा चर्चा गर्दै उज्जल भविष्यको कामना समेत गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार तथा कलाकार दिल कार्कीले कोरोनासम्बन्धी नेपाली झ्याउरे लयमा अँग्रेजीमा कविता बाचन र नेपालीमा पैसा कविता वाचन गरी दर्शकहरुलाई मनोरञ्जन दिलाउनुभएको थियो । अभिनन्दन कार्यक्रमकै अवसर पारेर स्वर्गीय नानिराम नेपालको परिवारलाई अभिनन्दीत रामचन्द्र श्रेष्ठद्वारा २५ हजार सहयोग समेत प्रदान गरिएको थियो । नेपाल पत्रकार महासँघका सचिव विदुर आचार्यले स्वागत मन्त्रब्य राख्नुभएको कार्यक्रमको अध्यक्षता भने नेपाल पत्रकार महासँघका अध्यक्ष जिवन श्रेष्ठले गर्नुभएको थियो । साहित्यकार तथा पत्रकार डम्बर रसिक भारतीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी सँस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।