सम्पर्क

गजल अभियान सिन्धुपाल्चोकमा सुन्दर

आधुनिक नेपाली गजल अभियान सिन्धुपाल्चोकको अध्यक्षमा सुन्दर शिरीषलाई चयन गरेको छ । शिरीषको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरिएको छ ।

गजल अभियानको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा विजय नेपाल, सहसचिवमा ललिता गजमेर, कोषाध्यक्षमा रस्मिला खत्री चयन हुनुभएको छ । समितिको सदस्यहरुमा केशवप्रसाद अधिकारी, सुरशेकुमार थामी, मेनुका कटुवाल, दुर्गाबहादुर श्रेष्ठ, उमेश विक, सानुमाया तामाङ रहनुभएको छ ।

गजल अभियानको सल्लाहकारमा भने अमित घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा जीवन श्रेष्ठ र किशमा किशोर रहनुभएको छ । त्यस्तै सोहि भेलाले मानार्थ सल्लाहकारमा सुरेश कसजू, बिपिन सलामी र बाबु त्रिपाठीलाई स–सम्मान सामेल गराएको छ ।