सम्पर्क

नेवाः खलद्धारा नवनियुक्त प्रदेश राज्य मन्त्री गुरुङ लाई सम्मान

बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री इन्द्रमाया गुरुङ (श्रेष्ठ)लाई मेलम्ची नेवाः खलद्धारा सम्मान गरिएको छ । मेलम्चीमा रहेको इन्द्रेश्वर मन्दिरमा धान्य पुर्णिमाको अवसरमा एक कार्यक्रमको बीचमा उहाँलाई खलले सम्मान गरेको हो । इन्द्रेश्वरी मा.वि.मा अध्ययन गर्दै राज्यमन्त्री गुरुङले राजनितिक यात्रा अगाडि बढाएको बताउँदै खलका सचिव श्रेष्ठले आगामी कार्यकाल सफल रहोस भन्दै सम्मान गर्दै शुभकामना ब्यक्त गर्नुभयो । उहाँले मेलम्ची क्षेत्र एक व्यापारिक हिसाबले मात्र नभई धार्मिक, पर्यटकिय तथा कृषिका हिसाबले पनि धेरै सम्भावना बोकेको क्षेत्र भएकाले यसको पर्वद्धनमा राज्य मन्त्रीको जोड रहनेमा विश्वत रहेको पनि बताउनुभयो । कार्यक्रमको अध्यक्षता खलका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गर्नुभएको थियो ।