

ईन्द्रावती गाउँपालिकाले कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले कृषकहरुलाई कृषी औजार वितरण गरेको छ ।
कृषिमा लाग्ने युवा तथा किसानहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले कृषि सामाग्री हस्तान्तरण गरेको हो । गाउँपालिकाको कृषी शाखा प्रमुख रविना कोजुका अनुसार कृषकहरुलाई हाते ट्याक्टर ७ वटा, मल्ट्रीक्रप थ्रेसर १ वटा , कम्वाईन मिल ३ वटा, डिस मिल १ वटा , दाना बनाउने मेसिन १ वटा , ब्रस कटर १ वटा वितरण गरिएको जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष बँशलाल तामाङले एक कार्यक्रमका वीच किसानलाई कृषी औजार वितरण गर्नुभएको हो । कृषी औजार वितरण गदै अध्यक्ष तामाङले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन आधुनिकिरण गदै कृषि क्षेत्रमा आकर्षण गराउने योजना अनुसार काम भैरहेको बताउनुभयो ।
प्रसस्त कृषी उत्पादनका लागी योग्य जमिन भएपनि बजारीकणको समस्याले गर्दा स्थानीय किसानले आफुलाई पुग्ने मात्रै उत्पादन गर्दै आएका छन् । पालिकाले कृषकलाई राम्रो उत्पादन गर्न लगाई बजारको व्यावस्था मिलाएको तामाङले बताउनुभयो ।
कृषी प्राबिधिक मिना तामाङले गाउँपालिकाले यसरी अनुदान दिदा कृषकहरुलाई ठुलो राहात पुगेको बताउनुहँदै यस्ता कार्यक्रमले उत्पादन मुलक कार्यमा सहजता थपेको बताउनुभयो ।
