सम्पर्क

ब्रेकिङ न्युज २

एमसिसि टेबुल नगरी एमालेको धारणा सार्वजनिक हुँदैन — पोखरेल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
एमसिसि संसदमा टेबुल भएपछि मात्रै एमालेको आधिकारीक धारणा सार्वजनिक हुने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ । बुधवार सिन्धुपाल्चोकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले आफ्नो पार्टीको माग पुरा नहुञ्जेल संसद चल्न नदिने र संसद नचलुञ्जेल संसदमा पेश हुने कुनै पनि विषयमा आधिकारीक धारणा सार्वजनिक नगर्ने बताउनुभयो । गठबन्धन सरकारकै नेतृत्व भएको बेला यो सम्झौता भएकोले अहिलेको सरकारले नै यसको विषयमा जवाफ दिनुपर्ने महासचिव पोखरेलको धारणा छ । अहिलेको सरकारका मन्त्रीहरु एक पछि अर्को गर्दै जनतासामु नाङ्गीदै जाँदा पनि सरकारले लाचार भएर कार्वाही गर्न नसकेको बताउँदै उहाँले गौर हत्याकाण्डको विषयमा मन्त्री रेणु यादवको भनाइ, आफुले खोप किनेर लगाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाको अभिव्यक्ती र प्रेम आलेको अश्लिल शब्दका विषयमा सरकार मौन रहनु नै गलत रहेको बताउनुभयो ।...

सुत्केरी आमाहरुलाई पोषणयुक्त घिउ वितरण

ब्रेकिङ न्युज २, स्वास्थ्य
त्रिपुरासुन्दरी गाउँपालिकामा सुत्केरी आमाहरुलाई पोषणयुक्त घिउ वितरण गरिएको छ । चालु आर्थिक वर्षभित्र नेपाल सरकारको प्रोटोकल अनुसार स्वास्थ्य सँस्थामै सुत्केरी हुने र चार चोटी स्वास्थ्यसँस्थामै गर्भजाँच गराउने सुत्केरी आमाहरुलाई उक्त पोषणयुक्त घिउ वितरण गरिएको हो । उक्त सहयोग बहुक्षेत्रिय पोषण कार्यक्रमको पशुपँक्षी शाखा अन्र्तगत वितरण गरिएको हो । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश फौलियोस् भन्ने उद्धेश्यको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाको पोषण स्वयमसेवक हरीचन्द्र वस्नेतले जानकारी दिनुभयो । वस्नेतका अनुसार बाल मृत्युदर र मातृ मृत्युदर कम गर्ने उदेश्यले विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्य प्रति गरिने खर्च नभई लगानीको रुपमा लिने गरिएको यस्तो व्यवस्था गरिएको बताउनुभयो ।...

नयाँ शैक्षिक सत्रको पढाइ चुनावपछि

ब्रेकिङ न्युज २, समाचार
सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ । मन्त्रालयको तयारी अनुसार नै शैक्षिक सत्रको व्यवस्थापन भयो भने निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्क व्यवस्थापनमा समस्या आउने देखिन्छ । यो वर्षको शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्रमा विद्यालय परिवर्तन गर्ने विद्यालयले पुरानो विद्यालयमा कुन महिनासम्मको शुल्क तिर्ने भन्ने अन्योल देखिन्छ । “वैशाखमा परीक्षा सञ्चालन हुने भयो भने मैले छोरालाई ६ कक्षा पढाउन अर्को स्कुल लैजाँदा जेठ लाग्ने भयो । यसो हुँदा पुरानो स्कुललाई पनि वैशाखस...

चौताराको डडुवामा सिन्के धुप बनाउने तालिम सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ मा १५ दिने सिन्के धुप बनाउने तालिम सम्पन्न भएको छ । बज्रयोगीनी अपाँग मैत्री सहकारी सँस्था लिमिटेडको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकको सहयोगमा तालिमको आयोजना गरिएको हो । सोमबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण सहित घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रामशरण गौतमले तालिमको समापन गर्नुभएको हो । तालिम समापन कार्यक्रममा मन्तब्य राख्दै घरेलुका कार्यालय प्रमुख रामशरण गौतमले सिप सिक्नु मात्रै ठुलो कुरा नभएको बताउँदै यसलाई ब्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिनुभयो । गौतमले कार्यक्रमा अतिथिहरुको स्वागतमा बाजा वजाउनेहरुका लागी नयाँ प्रविधिको बाजा किन्नका लागी सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । समापन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो...

जनयुद्धकै झझल्को दिने जनयुद्ध दिवस – सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रमा पनि मनाईयो

ब्रेकिङ न्युज २, राजनिती
आईतबार सिन्धुपाल्चोकका ग्रामिण क्षेत्रहरुमा जनयुद्ध दिवस मनाइँदा त्यसले जनयुद्धकै बेलाको झझल्को दिएको पाइयो । जनयुद्धका बेला जसरी तत्कालिन बिद्रोही पक्ष नारा लगाउदैँ गाँउगाँउ पुग्दथे, त्यसैको झल्को दिने गरि जनयुद्ध दिवस आईतबार नेकपा (माओेवादी केन्द्र ) का नेता कार्यकर्ता त्यहि मुद्रामा देखिए । उसो त उतिबेला बिद्रोहमा रहेका ब्यक्ति अहिले जनप्रतिनिधिका रुपमा देखिएका छन् । उनिहरुले गरेको कोणसभामा पनि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक÷शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्ने बताएका छन् । नेकपा (माओेवादी केन्द्र ) सिन्धुपाल्चोकले जिल्लाका १२ स्थानीय तहमा विविध कार्यक्रम गरि एकैसाथ २७ औं जनयुद्ध दिवस मनाएको छ । मेलम्चीमा केन्द्रीय सदस्य डिलाराम आचार्य , पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा युवराज दुलाल, लिसँखुपाखर गाउँप...

चौतारा अस्पतालको अध्यक्षमा कार्की

ब्रेकिङ न्युज २, स्वास्थ्य
चौतारा अस्पतालको सँचालन र ब्यवस्थापन समितिको अध्यक्षमा टँक कार्की नियुक्त हुनुभएको छ । वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले कार्कीलाई अध्यक्षमा मनोनयन गरेको जनाएको छ । कार्की नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता समेत हुनुहुन्छ । नवनियुक्त अध्यक्ष कार्कीले चौतारा अस्पतालमा उपचार गर्न आउने विरामीलाई सन्तुष्टि प्रदान गर्ने गरी ब्यवस्थापकीय पक्ष सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । कोरोना संक्रमणको तेस्रो लहर आइरहेको बेलामा संक्रमणबाट जुध्न अस्पतालले विशेष कार्ययोजना ल्याउने समेत कार्कीको भनाई छ ।...

नेपाली काँग्रेस क्षेत्र नम्बर २ को पूर्ण वैठक , १० एजेन्डा प्रस्तुत , स्थानिय तहको चुनावलाई प्राथमिकता

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ क्षेत्रिय कार्यसमितिको पूर्ण वैठक मेलम्चीमा सम्पन्न भएको छ । क्षेत्रिय सभापति आईतमान तामाङको सभापतित्वमा भएको बैठकमा स्थानिय तहको चुनाबलाई मुख्य प्राथमिकतामा राखेर छलफल गरिएको थियो । वैठकमा सभापति तामाङले १० वटा एजेन्डाहरु प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष मनोनयन, स्थानिय तह निर्वाचन, सुचना तथा सञ्चार, प्रेश शाखा , क्षेत्रिय कार्यसमितिको डायरी निर्माण गर्ने ( जिल्ला देखी वडा तहसम्मको सबै पदाधिकारीहरुको विवरण समावेश) , स्थानिय तह चुनावी घोषणपत्र तयार गर्ने , रिक्त पदपुर्ती सम्बन्धमा लगायत १० एजेन्डाहरु बैठकमा प्रस्तुत भएका थिए । सभापति तामाङको शिफारिसमा ३ वडा एजेन्डाहरु पास भएका छन् । जसअन्र्तगत सुरज सिग्देललाई क्षेत्रिय कोषध्यक्षमा मनोनित गरिएको छ । त्यसैगरी सुचना , सञ्चारतथा प्रकाशन समितिको सँयोजकमा भरत खड्का र घोषणापत्र निर्माण स...

कमल थापा पार्टीमा फर्कनेमा आशावादी छु– पशुपति शमशेर राणा

ब्रेकिङ न्युज २, राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति समशेर जबराले हालै पार्टी परित्याग गर्नुभएका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताउनुभएको छ । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै पूर्व अध्यक्ष राणाले सो कुरा बताउनुभएको हो । उहाँले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताउनुभयो । उहाँले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताउनुभयो । ‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासोहरु सार्वजनिक भइसकेको थियो । तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ’, उहाँले भन्नुभयो , ‘अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो । तीनै चरणको निर्व...

पाँचपोखरीमा किसान सूचीकरण तथा अनलाइन दर्ता सम्बन्धि शिविर

ब्रेकिङ न्युज २, समाचार
“किसान सूचीकरण राष्ट्रीय अभियान“ भन्ने नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीको सयोजकत्व तथा गाउँपालिका अध्यक्ष टासी लामाको प्रमुख अतिथ्यतामा वडा न. १ बासखर्कमा किसान सूचीकरण तथा अनलाइन दर्ता सम्बन्धि दुई दिने शिबिर सन्चालन गरिएको छ । प्रमुख अथिती गाउँपालिका अध्यक्षले ट्याब मार्फत किसानको विवरण प्रबिस्ट गरि उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले किसानहरुका लागि यो सूचीकरण प्रणाली महत्वपूर्ण रहेकाले गाउँपालिकाबाट दिईने हरेक सेवाहरु पेपेर प्रणालीको अन्त्य गर्दै अनलाईन प्राणालिबाट सेवा बिस्तार गरिने किसानहरुलाई जानकारी गराउनुभयो । शिबिर कार्यक्रममा कृषि तथा पसुसेवा प्राबिधिकहरु, सुचना प्रबिधी अधिकृत, वडा सचिब, वडा न. १ का वडा अध्यक्ष , गाउँपालिका उपाध्यक्ष, अध्यक्ष र २५० जनाको सहभागिता रहेको कृषि शाखा प्रमुख निमराज गिरीले जान...

सिन्धुपाल्चोक प्रहरीद्धारा विभिन्न अपराधमा सँलग्न तिनजना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मानव वेचविखन तथा ओसारपसार मुद्धामा सजाँय भई फरार रहेका एकजनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०५८ पुस १६ गतेको फैसलाले एक वर्ष छ महिना कैद सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गा.वि.स. वडा नं.६ को हाल परिवर्तित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ५० को चोपनाथ नेपाललाई पक्राउ गरेको हो । नेपाल लुकिछिपी कुविण्डे एरियामा बसेका छन् भन्ने प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले मँगलबार बेलुका ५ पक्राउ गरि सम्मानित जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । जिल्ला अदालतको मिति बुधकारको आदेशले निज अभियुक्त नेपाललाई लागेको कैद सजाँय असुलका लागि आजै कारागार कार्यालय चौतारा चलान गरेको छ । त्यसैगरी प्रहरीले हत्या आरोपमा एक जना प...