सम्पर्क

सुत्केरी आमाहरुलाई पोषणयुक्त घिउ वितरण

त्रिपुरासुन्दरी गाउँपालिकामा सुत्केरी आमाहरुलाई पोषणयुक्त घिउ वितरण गरिएको छ ।
चालु आर्थिक वर्षभित्र नेपाल सरकारको प्रोटोकल अनुसार स्वास्थ्य सँस्थामै सुत्केरी हुने र चार चोटी स्वास्थ्यसँस्थामै गर्भजाँच गराउने सुत्केरी आमाहरुलाई उक्त पोषणयुक्त घिउ वितरण गरिएको हो । उक्त सहयोग बहुक्षेत्रिय पोषण कार्यक्रमको पशुपँक्षी शाखा अन्र्तगत वितरण गरिएको हो ।
सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश फौलियोस् भन्ने उद्धेश्यको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाको पोषण स्वयमसेवक हरीचन्द्र वस्नेतले जानकारी दिनुभयो । वस्नेतका अनुसार बाल मृत्युदर र मातृ मृत्युदर कम गर्ने उदेश्यले विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्य प्रति गरिने खर्च नभई लगानीको रुपमा लिने गरिएको यस्तो व्यवस्था गरिएको बताउनुभयो ।