सम्पर्क

सेना दिवसको अवसर पारेर दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस हुने

सिन्धुपाल्चोकमा रहेको नेपाली सेनाको गोरखबक्स गण र भोटेकोशी गाउँपालिकाको आयोजनामा दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड प्रतियोगीता सञ्चालन हुने भएको छ । सेना दिवस २०७८ को अवसरमा ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि ट्रेल रेस दौड प्रतियोगीताको आयोजना सुरु गरेको थियो ।
त्यसैको निरन्तरता स्वरुप यो वर्ष पनि प्रतियोगीता सञ्चालन गर्न लागेको नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
भोटेकोशी गाउँपालिकाको सुख्खा बन्दरगाहा देखि लिस्ती हुदै दुगुनागढी सम्म साढे २४ किलोमिटर लामो दौड प्रतियोगीता हुने छ । गत वर्ष २१ किलोमिटर मात्रै दौड भएको थियो यो वर्ष भने केही किलोमिटर बढाइएको नेपाली सेनाले जानकारी दिएको छ । । लामो ट्रेल रेस प्रतियोगीता सम्पन्न गरेको हो । सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तीमाइ र दुगानागढीको संरक्षण र प्रचार प्रसार गर्ने उदेश्यले ट्रेल रेसको आयोजना गरिएको हो । ट्रेल रेसमा देशभरका खेलाडीहरु सहभागीता रहने नेपाली सेना गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो । ।
ट्रेल रेसमा खुला,महिला खुला र सिन्धुपाल्चोक जिल्लाबासी गरेर तिन विधा समावेश गरिएको छ । खुला तर्फ पहिलो हुनेले नगद १ लाख १० हजार,दोस्रो ७५ हजार,तेस्रो ५५ हजार, चौथो ४० हजार,पाँचौ ३० हजार र छैठौ पुरस्कार नगद २० हजार रुपियाँ रहेको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै महिलातर्फ पहिलो हुने ले ६० हजार,दोस्रो ३५ हजार र तेस्रो हुनेले २० हजार रुपियाँ पाउँनेछन् । जिल्लाबासीको लागि भने पहिलो हुनेले नगद ३० हजार,दोस्रो २० र तेस्रो हुनेले १५ हजार पुरस्कार पाउँने छन् ।
ट्रेल रेस प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुले फागुन १७ सम्म दर्ता गरिसक्न सेनाले देशभरका खेलाडीहरुलाई अनुरोध समेत गरेको छ । समुन्द्री सतहबाट १२ सय ३६ मटिर उचाइबाट सुरु हुने प्रतियोगीहरु अन्तिममा पुग्दा भने २ हजार १ सय २२ मिटरको उचाइमा पुगेर दौड सक्नुपर्ने छ । प्रतियोगीतालाई भोटेकोशी गाउँपालिका लगायत अन्य स्थानीय सरकार,विभिन्न संघ संस्थाहरुले समेत सहयोग गर्ने छन् ।