
एमसिसि संसदमा टेबुल भएपछि मात्रै एमालेको आधिकारीक धारणा सार्वजनिक हुने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ । बुधवार सिन्धुपाल्चोकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले आफ्नो पार्टीको माग पुरा नहुञ्जेल संसद चल्न नदिने र संसद नचलुञ्जेल संसदमा पेश हुने कुनै पनि विषयमा आधिकारीक धारणा सार्वजनिक नगर्ने बताउनुभयो ।
गठबन्धन सरकारकै नेतृत्व भएको बेला यो सम्झौता भएकोले अहिलेको सरकारले नै यसको विषयमा जवाफ दिनुपर्ने महासचिव पोखरेलको धारणा छ ।
अहिलेको सरकारका मन्त्रीहरु एक पछि अर्को गर्दै जनतासामु नाङ्गीदै जाँदा पनि सरकारले लाचार भएर कार्वाही गर्न नसकेको बताउँदै उहाँले गौर हत्याकाण्डको विषयमा मन्त्री रेणु यादवको भनाइ, आफुले खोप किनेर लगाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाको अभिव्यक्ती र प्रेम आलेको अश्लिल शब्दका विषयमा सरकार मौन रहनु नै गलत रहेको बताउनुभयो ।
