सम्पर्क

केदार क्षेत्रीद्धारा नेकपा (एमाले) परित्यागको घोषणा

निर्मल बस्नेत

नेकपा (एमाले) बागमती प्रदेश सदस्य एवम् सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एमाले परित्याग गरेको घोषणो घोषणा गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै क्षेत्रीले एमाले परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले भर्खरै सकिएको एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबीसमेत गर्नुभएको थियो ।
क्षेत्री २०३८मा एमालेको विद्यार्थी संगठनमा आवद्ध हुनुभएको थियो । उहाँ अनेरास्ववियको जिल्ला अध्यक्ष समेत हुनुभयो । विद्यार्थीको अञ्चल कमिटी सदस्य हुँदै क्षेत्री पार्टीको नवौं र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्मा निर्वाचित हुनुभउको थियो ।
गएको अधिवेशनमा आफूले अध्यक्षमा दाबी गर्दा पनि नेतृत्व छनोट गर्ने अध्यक्ष मण्डलले कुनै सल्लाह नगरेको उहाँको आरोप छ । अध्यक्ष मण्डलले कमल नेपाललाई एमालेको जिल्ला अध्यक्ष बनाएको छ । माधव कुमार नेपाल एमालेमा रहँदा क्षत्री नेपाल निकट मानिनुहुन्थ्यो । नेपालले पार्टी छाडेर एकीकृत समाजवादी पार्टी खोल्नुभएको छ ।
उहाँ २०३८ सालामा कक्षा ५ मा अध्ययन गर्दा आदरणीय गुरू अरूण नेपालको प्रभावमा अनेरास्ववियुमा संगठीत हुदै हालसम्म पार्टीको विविध जिम्मवारीमा रहेको विज्ञप्तीमा उल्लेख गरेका छ । उनले शरेस नेपालले आफुलाई घोर अपमान गरेको भन्दै दुःख व्यक्त समेत ब्यक्त गर्नुभयो ।
क्षेत्रिले “एमाले पतनको बाटोमा जादै गरेको छ । अव धेरै ईमान्दार कार्यकर्ताले परित्याग गर्नेछन् । म आगामी दिनमा जनतासंगै सक्रिय राजनीतिमा रहनेछु र कम्युनिष्ट एकताको पक्षमा लाग्नेछु जसको लागि वर्तमान नेकपा एमालेको सिन्धुपाल्चोक अध्यक्ष कमल नेपालले पनि सिन्धुको वामएकताको पक्षमा उभिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । एमाले सिन्धुपाल्चोक अलोकतान्त्रीक पार्टी सावित भएको बताउँदै क्षत्रिले उम्मेदवारी दर्ता गराई निर्वाचनवाट भागेर मनोगत रुपमा जिल्ला कमिटी विस्तार गरेको दावी समेत गर्नुधयो । स्थानीय निर्वाचन २०७४ मा अध्यक्षमा निर्वाचीत गराउन सहयोग गर्ने मतदाता प्रति क्षेत्रिले हार्दिक अभार व्यक्त गर्नुभएको छ ।

उहाँले अन्त्यमा आफु कसैलाई हराउनको लागि मात्र नभएर जित्नका लागि राजनीति गर्ने गरेको समेत बताउनुभयो । उहाँले आगामी राजनीतीक यात्रा भने विस्वास, माया र समर्थन गर्ने सवैसँग सल्लाह गरेर मात्र तय बताउनुभएको छ ।