सम्पर्क

राप्रपाद्धारा स्वास्थ्य सामग्री वितरण

राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको दुई वडामा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
बुधवार वडा नम्बर ८ इर्खु र वडा नं ६ गिदाने स्वास्थ्य कार्यालयमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको चौतारा साँगाचोकगढी नगर समितिका अध्यक्ष शेरबहादुर ठकुरीले जानकारी दिनुभयो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा राप्रपाको केन्द्रिय सदस्य यस्मीन ढुङ्गाना, पूर्व केन्द्रिय सदस्य उदय सापकोटा, पूर्व क्षेत्रिय अध्यक्ष फणिन्द्र दाहाल, नेताहरु प्रविण श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।