दामन पोष्ट २० औं वर्षमा, ग्रामीण समुदाय र केन्द्रबीच सूचना आदान–प्रदानको सेतुको भूमिका निर्वाह गर्दै
२०६४ साउनबाट शुरु गरिएको दामन पोष्ट पत्रिकाले आफ्नो १९औ बर्ष पुरा गरि २०बर्षमा प्रबेश गरेको छ । मकावनपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल दामनलाइ थप पहीचान दिदै राखीएको दामन पोष्ट २० बर्षमा प्रबेश गरेको अबशरमा शुभकामना तथा अझ प्रगतीमा जाओस भन्ने कामना गरिएको छ । दामन क्षेत्र उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित नेपालकै उत्कृष्ट हिमाली दृश्यावलोकन स्थलमध्ये एक मानिन्छ । यही क्षेत्रको पहिचान, संस्कृति, सम्भावना र समस्यालाई देशव्यापी रूपमा उजागर गर्ने उद्देश्यले दामन पोष्ट नाम रुाखेर पत्रिका सञ्चालन गरेको पत्रिकाका प्रधान सम्पादक शान्ताराम बिडारीले जानकारी दिनु भएको छ । दामानपोष्टले आफु २०बर्ष पुगेको अबशरमा बिशेष प्रकाशकीय मा यो कुरा उल्लेख गरेको छ । आफ्नो प्रकाशकीयमा दामनपोष्टले दामन पोष्ट साप्ताहिक आफ्नो स्थापनाको गौरवमय १९ वर्ष पार गरी २० वर्षमा प्रवेश गरेको छ । २०८३ साउनको पहिलो अंकबाट दामनपोष्टको यात्रामा वर्ष २०, अंक १ सुरु भएको हो ।आजभन्दा २० वर्ष अघि ‘विकास, राजनीति, जनचासो र समावेशी आवाजको संवाहक’को नारा दिएर दामन पोष्ट साप्ताहिक पत्रिका सुरु भएको थियो । त्यसयता १९ वर्षसम्म निरन्तर नियमित रुपमा यो पत्रिका प्रकाशन भैरहेको छ ।विज्ञापन बजारले साना लगानीका मिडीयालाई नपत्याइरहेको सन्दर्भमा सिमान्तकृत तथा उपेक्षित अनि तल्लो वर्गका आवाज र समस्यालाई उठान गर्ने उदेश्यले जनताद्धारा जनताकै लागि यो पत्रिका स्थापना गरिएको हो । हाल दामन पोष्ट डटकम मार्फत २४ सै घण्टा जनतालाई सुसुचित गर्ने अभियानमा दामन पोष्ट टिम लागिरहेको छ । २०७९ सालको पुस २५ गते औपचारिक रुपमा सूचना तथा प्रशारण विभागाबट इजाजत लिएर अनलाइन सञ्चालन भैरहेको छ । यस अवसरमा हामी हाम्रा समस्त पाठक, समर्थक, सुभेच्छुक लेखक, विज्ञापनदाता, सहयोगी तथा सुचेच्छुक सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
२० वर्ष अर्थात दुई दशक भनेको नेपाली पत्रकारिता क्षेत्रका लागि चानचुने कुरा होइन । दामन पोष्ट नेपालको एक क्षेत्रीय तथा जनचासोमुखी पत्रिका हो, जसले विशेषगरी मकवानपुर जिल्ला, उत्तरी भेग, स्थानीय विकास, राजनीति, सामाजिक गतिविधि, पर्यटन, कृषि, संस्कृति र समावेशी आवाजलाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।“विकास, राजनीति, जनचासो र समावेशी आवाजको संवाहक” भन्ने नारासहित प्रकाशित हुँदै आएको यो साप्ताहिक पत्रिका स्थानीय पत्रकारिताको क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल भएको एक प्रभावशाली माध्यमका रूपमा चिनिन्छ ।दामन पोष्टको नाम मकवानपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल दामनबाट राखिएको हो । दामन क्षेत्र उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित नेपालकै उत्कृष्ट हिमाली दृश्यावलोकन स्थलमध्ये एक मानिन्छ । यही क्षेत्रको पहिचान, संस्कृति, सम्भावना र समस्यालाई देशव्यापी रूपमा उजागर गर्ने उद्देश्यले २०६४ साउनबाट पत्रिकाको सुरुवात गरिएको हो ।दामन पोष्टले आफ्नो प्रकाशन यात्राको क्रममा स्थानीय आवाजलाई राष्ट्रिय बहससम्म पु¥याउने प्रयास गरेको छ । विशेषगरी गाउँका समस्या, विकास निर्माणका गतिविधि, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा स्थानीय सरकारका कामकारबाहीबारे निरन्तर समाचार, लेख, विचार र विश्लेषण प्रकाशित गर्दै आएको छ । यसले स्थानीय पत्रकारितालाई सशक्त बनाउने मात्र होइन, गाउँ–समाजका सामान्य नागरिकलाई पनि आफ्नो आवाज सार्वजनिक गर्ने अवसर प्रदान गरेको छ । स्थापना कालदेखि नै यसले ग्रामीण समुदाय र केन्द्रबीच सूचना आदान–प्रदानको सेतुको भूमिका निर्वाह गर्दै आएको छ ।नेपालमा २०६२–०६३ सालको जनआन्दोलनको समय राजनीतिक परिवर्तनको ठूलो लहर थियो । त्यस समयमा स्थानीय स्तरमा सचेतना फैलाउने, लोकतान्त्रिक अधिकारको पक्षमा जनमत निर्माण गर्ने र ग्रामीण जनतालाई राजनीतिक गतिविधिबारे जानकारी दिने काममा हामी अखबार मार्फत केन्द्रीत भयौं ।नेपालको पत्रकारिता क्षेत्रमा काठमाडौंकेन्द्रित समाचारको प्रभाव धेरै देखिन्छ । यस्तो अवस्थामा मोफसल वा क्षेत्रीय पत्रिकाहरूले स्थानीय मुद्दालाई प्राथमिकता दिनु अवश्यक छ । दामन पोष्टले यही अभावलाई पूरा गर्ने प्रयास गर्दै आएको छ ।यस पत्रिकाले स्थानीय विकास निर्माण, गाउँपालिका तथा नगरपालिकाका गतिविधि, सडक, शिक्षा र स्वास्थ्यका समस्या, कृषि तथा पशुपालन, स्थानीय पर्यटन, संस्कृति तथा परम्परा, युवाका समस्या र अवसर, महिला तथा सीमान्तकृत समुदायका आवाज, राजनीतिक विश्लेषण र सामाजिक विकृति र विसंगति जस्ता विषयलाई महत्वका साथ उठाँउदै आएको छ । यस्ता विषयलाई निरन्तर उठाउनु स्थानीय लोकतन्त्रलाई बलियो बनाउने दृष्टिले महत्वपूर्ण मानिन्छ ।दामन पोष्टले आफ्नो नारामै “समावेशी आवाज” भन्ने शब्द प्रयोग गरेको छ । यसले पत्रिकाको वैचारिक दृष्टिकोणलाई पनि संकेत गर्छ । नेपालको समाज विविध जाति, भाषा, संस्कृति र समुदायले बनेको छ । तर धेरैजसो राष्ट्रिय सञ्चारमाध्यममा ग्रामीण तथा सीमान्तकृत समुदायका मुद्दा पर्याप्त रूपमा आउँदैनन् ।दामन पोष्टले स्थानीय आदिवासी जनजाति, किसान, महिला, श्रमिक तथा ग्रामीण समुदायका आवाजलाई प्राथमिकताका साथ स्थान दिँदै आएको आएको छ । यसले पत्रकारिताको सामाजिक उत्तरदायित्वलाई सदा सम्बोधन गरेको छ ।दामन क्षेत्र आफैंमा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले समृद्ध स्थान हो । दामन पोष्टले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ।विशेषगरी उत्तरी मकवानपुरका पर्यटकीय स्थल, होटल व्यवसाय, स्थानीय उत्पादन, संस्कृति, धार्मिक स्थल तथा प्राकृतिक सम्पदाबारे सामग्री प्रकाशित गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको छ ।विश्वभर पत्रकारिता डिजिटल माध्यमतर्फ गइरहेको अवस्थामा दामन पोष्टले पनि आफूलाई समयअनुकूल रूपान्तरण गरेको छ । हामीले २०७३ सालदेखि अनलाइन संस्करण सञ्चालन गर्दै आएका छौं । “दामन पोष्ट डटकम” मार्फत विश्वभर रहेका नेपाली पाठकसम्म समाचार र विचार पु¥याउने प्रयास गरिएको छ ।डिजिटल संस्करणले गर्दा पत्रिकाको पहुँच केवल मकवानपुर, काठमाडौं र बागमती प्रदशे वा स्थानीय क्षेत्रमै सीमित नरही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भएको छ । विदेशमा रहेका नेपाली समुदायले समेत स्थानीय समाचार पढ्न सक्ने अवस्था बनेको छ ।आजको समयमा डिजिटल उपस्थिति कुनै पनि सञ्चारमाध्यमका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । सामाजिक सञ्जाल, वेबसाइट र मोबाइलमैत्री सामग्रीमार्फत पाठकसँग प्रत्यक्ष सम्बन्ध बनाउने कार्य दामन पोष्टले गरिरहेको छ ।नेपालमा क्षेत्रीय पत्रिका सञ्चालन गर्नु सजिलो काम होइन । आर्थिक अभाव, विज्ञापनको कमी, प्राविधिक स्रोतको अभाव, वितरण समस्या र दक्ष जनशक्तिको चुनौती छापा पत्रकारिताका सामान्य समस्या हुन् ।दामन पोष्टले पनि यस्ता चुनौती सामना गर्दै आफ्नो यात्रा निरन्तर अगाडि बढाएको छ । विशेषगरी साप्ताहिक पत्रिकालाई नियमित रूपमा प्रकाशन गर्नु, सामग्री संकलन गर्नु र पाठकको विश्वास कायम राख्नु चुनौतीपूर्ण कार्य हो । तर यस्ता चुनौतीका बीच पनि पत्रिकाले आफ्नो निरन्तरता कायम राख्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो ।दामन पोष्टजस्ता पत्रिकाले स्थानीय समाजमा प्रत्यक्ष प्रभाव पार्ने गरेका छन् । स्थानीय सरकारका कामकारबाहीबारे निगरानी गर्नु, सार्वजनिक चासोका विषय उजागर गर्नु र नागरिकलाई सचेत बनाउनु पत्रकारिताको मूल दायित्व हो ।
हामीले स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्न पनि भूमिका निर्वह गर्दै आएका छौं । कुनै सडक निर्माणमा ढिलाइ भएको, विद्यालयमा समस्या भएको वा स्वास्थ्य सेवामा कमी भएको विषय सार्वजनिक भएपछि सम्बन्धित निकाय जिम्मेवार बन्ने अवस्था सिर्जना हुन्छ । त्यसैले दामन पोष्टलाई केवल समाचारपत्र मात्र नभई स्थानीय समाजको आवाज, चेतना र बहसको माध्यमको रुपमा विकास गर्दै आएको अवस्था छ ।समग्रमा, दामन पोष्ट साप्ताहिक एउटा जनचासोमुखी, क्षेत्रीय र समावेशी पत्रकारितालाई प्राथमिकता दिने नेपाली साप्ताहिक पत्रिका हो ।यसले विशेषगरी मकवानपुर तथा आसपासका क्षेत्रका सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक विषयलाई उठाउँदै आएको छ । स्थानीय पत्रकारितालाई सशक्त बनाउने, ग्रामीण आवाजलाई राष्ट्रिय स्तरसम्म पु¥याउने, पर्यटन प्रवद्र्धन गर्ने र लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने कार्यमा यो अखबार केन्द्रीत छ, जुन कुरा हामीले दोहो¥याइरहनु आवश्यक छैन, हाम्रा विद्धान पाठकहरु आफैं जानकार हुनुहुन्छ ।प्रिन्टसँगै डिजिटल माध्यममा पनि आफ्नो उपस्थिति विस्तार गर्दै आएको दामन पोष्टले आधुनिक पत्रकारिताको आवश्यकतालाई आत्मसात गर्ने प्रयास गरेको छ । सीमित स्रोत–साधनका बीच पनि निरन्तर प्रकाशन भइरहनु यसको प्रतिबद्धता र पाठकको विश्वासको प्रमाण हो ।भविष्यमा अझ अनुसन्धानमूलक पत्रकारिता, डिजिटल विस्तार, युवा सहभागिता र स्थानीय मुद्दाको गहन विश्लेषणमार्फत दामन पोष्टले नेपाली क्षेत्रीय पत्रकारितामा अझ प्रभावशाली भूमिका निर्वाह गर्दै जाने प्रतिवद्धता जनाउँदछौं । यस अवसरमा हामी हाम्रा सम्पुर्ण पाठक, समर्थक, सुभेच्छुक, लेखक तथा विज्ञापनदाताहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै विगतमा जस्तो साथ र सहयोग आगामी दिनमा पनि जारी राख्न अनुरोध गर्दछौं भनीएको छ ।
