सम्पर्क

चौतारा अस्पतालको अध्यक्षमा कार्की

चौतारा अस्पतालको सँचालन र ब्यवस्थापन समितिको अध्यक्षमा टँक कार्की नियुक्त हुनुभएको छ ।
वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले कार्कीलाई अध्यक्षमा मनोनयन गरेको जनाएको छ । कार्की नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता समेत हुनुहुन्छ । नवनियुक्त अध्यक्ष कार्कीले चौतारा अस्पतालमा उपचार गर्न आउने विरामीलाई सन्तुष्टि प्रदान गर्ने गरी ब्यवस्थापकीय पक्ष सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । कोरोना संक्रमणको तेस्रो लहर आइरहेको बेलामा संक्रमणबाट जुध्न अस्पतालले विशेष कार्ययोजना ल्याउने समेत कार्कीको भनाई छ ।