सम्पर्क

पाँचपोखरीमा किसान सूचीकरण तथा अनलाइन दर्ता सम्बन्धि शिविर

“किसान सूचीकरण राष्ट्रीय अभियान“ भन्ने नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीको सयोजकत्व तथा गाउँपालिका अध्यक्ष टासी लामाको प्रमुख अतिथ्यतामा वडा न. १ बासखर्कमा किसान सूचीकरण तथा अनलाइन दर्ता सम्बन्धि दुई दिने शिबिर सन्चालन गरिएको छ ।
प्रमुख अथिती गाउँपालिका अध्यक्षले ट्याब मार्फत किसानको विवरण प्रबिस्ट गरि उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले किसानहरुका लागि यो सूचीकरण प्रणाली महत्वपूर्ण रहेकाले गाउँपालिकाबाट दिईने हरेक सेवाहरु पेपेर प्रणालीको अन्त्य गर्दै अनलाईन प्राणालिबाट सेवा बिस्तार गरिने किसानहरुलाई जानकारी गराउनुभयो । शिबिर कार्यक्रममा कृषि तथा पसुसेवा प्राबिधिकहरु, सुचना प्रबिधी अधिकृत, वडा सचिब, वडा न. १ का वडा अध्यक्ष , गाउँपालिका उपाध्यक्ष, अध्यक्ष र २५० जनाको सहभागिता रहेको कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो ।