सम्पर्क

जुगल गाउँपालिकामा आयोडिनयुक्त नुनबारे प्रचार अभियान शुरू

जुगल गाउँपालिकामा आयोडिनयुक्त नुन खाने बानीको विकास गर्न सचतेना कार्यक्रम सञ्चालन भैरहेको छ ।
गाउँपालिकाको हालसम्म पाङताङ, गोल्चे र हगाममा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भैसकेको छ । कार्यक्रम गर्भवती ,किशोरी किशोर ,सुनौलो हजार दिनको आमाहरु, महिला स्वास्थ स्वमसेबिकाहरु ,कर्मचारीहरुको सहभागितामा रहेको छ ।
कार्यक्रममा आयोडिनको परिचय र आयोडिनको फाइदाहरु बारे छलफल गर्दै सहभागीहरूलाई १–१ पोका आयोडिनयुक्त नुन पनि वितरण गरिएको जुगल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर विकले जानकारी दिनुभयो ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ १९ देखि फागुन १६ गतेसम्म आयोडिन सम्बन्धी सचेतना कार्यक्रम थालेको छ ।
आयोडिनको कमि भएका नेपाललगायतका १ सय ३० देशमा आयोडिनको कमीबाट हुने समस्याबारे जनचेतना जगाउन हरेक वर्षको फेब्रुअरी विशेष महिनाको रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि माघ १९ देखि फागुन १६ गतेसम्म ‘नुन थोरै खाऔँ तर सही मात्रामा आयोडिन भएको दुई बालबालिका चिन्ह भएको पाकेटको नुन मात्र खाऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी महिनाव्यापी रुपमा मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको पत्र पाए लगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई महिनाव्यापी कार्यक्रम सञ्चालन गर्न परिपत्र गरिसकेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाले जनाएको छ । कार्यक्रम मनाउन आवश्यक बजेटसहित विस्तृत मार्गदर्शन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा प्रकाशित भइसकेको र प्रदेश तथा स्थानीय निकाय कार्यसञ्चालन मार्गदर्शनमा रहेकोसमेत मन्त्रालयले जनाएको छ ।