सम्पर्क

सिन्धुपाल्चोक प्रहरीद्धारा विभिन्न अपराधमा सँलग्न तिनजना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मानव वेचविखन तथा ओसारपसार मुद्धामा सजाँय भई फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०५८ पुस १६ गतेको फैसलाले एक वर्ष छ महिना कैद सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गा.वि.स. वडा नं.६ को हाल परिवर्तित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ५० को चोपनाथ नेपाललाई पक्राउ गरेको हो । नेपाल लुकिछिपी कुविण्डे एरियामा बसेका छन् भन्ने प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले मँगलबार बेलुका ५ पक्राउ गरि सम्मानित जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । जिल्ला अदालतको मिति बुधकारको आदेशले निज अभियुक्त नेपाललाई लागेको कैद सजाँय असुलका लागि आजै कारागार कार्यालय चौतारा चलान गरेको छ ।
त्यसैगरी प्रहरीले हत्या आरोपमा एक जना पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्ने सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका वडा नं ४ टाँकुरे तामाङटोल बस्ने बर्ष ३२ को कुमार तामाङ रहनुभएको छ । तामाङले बुधवार ९ बजेर ४० मिनेटकासमयमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं १० साधखोला बस्ने बर्ष ५९ की मिन कुमारी खड्कालाई घर भन्दा करिब ५०० मिटर उत्तर तर्फ रहेको सार्बजनिक जंगलमा घाँस काट्न गएको अबस्थामा ढुङ्गाले टाँउकोमा प्रहार गरी हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल खटि गई हत्यामा सम्लग्न निज तामाङलाई प्रकाउ गरि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको छ ।
त्यसैगरी सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. ४ बस्ने रमेश राना मगरलाई पनी प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ ।
लागुऔषध केशमा बर्दिबास हिरासतमा परेको श्रीमानलाई छुटाई दिन्छु , म अनुसन्धानको को सई साब हो ,तपाईको श्रीमानलाई छुटाउने हो भने रु ३०,०००।– (तिस हजार) लिई आउनु भनी बुधबार विहान ८ बजेको समयमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१० सुकुटे बोलाई ठगि गर्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका वडा नं.१५ देउराली बस्ने सन्मान लामाको छोरा वर्ष ३१ को सुमन लामालाई तत्कालै प्रहरीले घटनास्थलबाट पक्राउ गरेको छ । प्रहरीले निज अभियुक्तलाई सि जिल्ला अदालतबाट  ७ दिनको म्याद अनुमति लिई ठगि उद्योग मुद्धामा आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाईएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।