नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ क्षेत्रिय कार्यसमितिको पूर्ण वैठक मेलम्चीमा सम्पन्न भएको छ ।
क्षेत्रिय सभापति आईतमान तामाङको सभापतित्वमा भएको बैठकमा स्थानिय तहको चुनाबलाई मुख्य प्राथमिकतामा राखेर छलफल गरिएको थियो ।
वैठकमा सभापति तामाङले १० वटा एजेन्डाहरु प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष मनोनयन, स्थानिय तह निर्वाचन, सुचना तथा सञ्चार, प्रेश शाखा , क्षेत्रिय कार्यसमितिको डायरी निर्माण गर्ने ( जिल्ला देखी वडा तहसम्मको सबै पदाधिकारीहरुको विवरण समावेश) , स्थानिय तह चुनावी घोषणपत्र तयार गर्ने , रिक्त पदपुर्ती सम्बन्धमा लगायत १० एजेन्डाहरु बैठकमा प्रस्तुत भएका थिए ।
सभापति तामाङको शिफारिसमा ३ वडा एजेन्डाहरु पास भएका छन् । जसअन्र्तगत सुरज सिग्देललाई क्षेत्रिय कोषध्यक्षमा मनोनित गरिएको छ । त्यसैगरी सुचना , सञ्चारतथा प्रकाशन समितिको सँयोजकमा भरत खड्का र घोषणापत्र निर्माण समितिको सँयोजकमा तुलसीप्रसाद दँगाललाई जिम्मेवारी दिईएको छ । जिल्ला सभापति विकास लामाको प्रमुख आतिथ्यतामा भएको वैठकमा महासमिती सदस्य, महाधिवेशन प्रतिनिधी , निर्वाचित क्षेत्रिय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
