पछिल्लो समय सामाजिक कार्यमा सक्रीय नेकपा एमालेका सक्रिय विद्यार्थी नेता हुन दिनेश चौलागाईं । सायद यो नाम सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपालिकाका आम नागरिकले चिन्नुहुन्छ । स्थानीय तहको निर्बाचन नजिकिएसँगै उहाँ आफू पनि वडाको नेतृत्वमा आएर जनसेवक बन्ने इच्छा रहेको कुरा सामाजिक संजालमार्फत खुलाउनुभएको छ । गरिब दिनदुखीहरुलाई सहयोग गर्न , युवा साथीहरूलाई खेलकुद सामाग्री उपलब्ध गराउन , लकडाउनको समयमा खाद्यान्न अभाव बेहोरेका वडाबासिलाई खाद्यान्न उपलब्ध गराउने देखि स्थानीय तहको हरेक बिकास निर्माणको कुरामा चासो सहित सुझाव दिदै आउनुभएका चौलागाई एक बौद्धिक र शैक्षिक बर्गका ब्यक्ती हुनुहुन्छ । पुर्ब माओवादी लाइनबाट नेकपा एमाले आउनुभएका विद्यार्थी नेता चौलागाईं नेकपा एमाले इन्द्रावती गाउपालिका वडा ८ को पदाधिकारी समेत हुनुहुन्छ । उहाँमा विभिन्न सँघसँस्थामा काम गरेको अनुभव रहेको छ । हाल उहाँ नेपाल चार्टर्ड एकाउन्टेन्ट सँघ , केन्द्रिय कार्यालय सचिव पदमा कार्यरत हुनुहुन्छ । समाज सुधार र बिकासको लागि युवाको सहभागीता अनिवार्य रहेको उहाँ बताउनुहुन्छ ।
