

चिसोलाई मध्यनजर गर्दै पाचपोखरी थाङपाल गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ ।
गाउँपालिकाको वडा नम्बर–१ देखि ८ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट) र वितरण गर्न शुरु गरेको हो । गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले एक कार्यक्रमकाविच वडा नम्बर १ र २ का जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गरी कार्यक्रमको सुरुवात गर्नुभएको छ । त्यस अवसरमा बोल्दै अध्यक्ष लामाले अहिले चिसो मौसममा यो न्यानो बलांकेटले मद्धत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब पाँचपोखरीका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । गाउँपालिकाको ८ वटै वडामा ८५ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको हो । त्यसैगरी गाउँपालिकामा रहेका अपाङ्ग ब्यक्तीहरुको लागि ह्विलचियर , बैशाखि तथा टेक्ने लठ्ठी समेत वितरण गरिरहेका गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो ।
