सम्पर्क

जनयुद्धकै झझल्को दिने जनयुद्ध दिवस – सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रमा पनि मनाईयो


आईतबार सिन्धुपाल्चोकका ग्रामिण क्षेत्रहरुमा जनयुद्ध दिवस मनाइँदा त्यसले जनयुद्धकै बेलाको झझल्को दिएको पाइयो । जनयुद्धका बेला जसरी तत्कालिन बिद्रोही पक्ष नारा लगाउदैँ गाँउगाँउ पुग्दथे, त्यसैको झल्को दिने गरि जनयुद्ध दिवस आईतबार नेकपा (माओेवादी केन्द्र ) का नेता कार्यकर्ता त्यहि मुद्रामा देखिए । उसो त उतिबेला बिद्रोहमा रहेका ब्यक्ति अहिले जनप्रतिनिधिका रुपमा देखिएका छन् । उनिहरुले गरेको कोणसभामा पनि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक÷शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्ने बताएका छन् ।
नेकपा (माओेवादी केन्द्र ) सिन्धुपाल्चोकले जिल्लाका १२ स्थानीय तहमा विविध कार्यक्रम गरि एकैसाथ २७ औं जनयुद्ध दिवस मनाएको छ । मेलम्चीमा केन्द्रीय सदस्य डिलाराम आचार्य , पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा युवराज दुलाल, लिसँखुपाखर गाउँपालिकामा माधव सापकोटा(सुवोध), भोटेकोशी गाउँपालिकामा सरल सहयात्री, जुगल गाउँपालिकामा चन्द्र सापकोटा (रवि ) , चौतारा साँगाचोकगढी नगरपालिकामा कृष्णप्रसाद सापकोटा ( देशबन्धु ), वलेफी गाउँपालिकामा रामप्रसाद सापकोटा (दिपशिखा) लगायतका नेताहरुको प्रमुख आतिथ्यतामा जनयुद्ध दिवस मनाईएको हो ।
माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकार बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो । नेकपा–माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका साथ यसको सुरुवात गरेको थियो थियो । विसं २०६३ साल मङ्सिर ५ गते तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै यस युद्ध समाप्त भएको थियो ।