सम्पर्क

एमसीसीको विरोधमा एकिकृत समाजवादीद्वारा चौतारामा विरोध प्रदर्शन

एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी जिल्ला कमिटी र मोर्चा संगठनद्वारा चौतारामा विरोध प्रदर्शन गरिएको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै तत्काल सम्झौता खारेज गर्न माग गरेको छ ।
एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ भन्दै एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा एकीकृत समाजबादी का नेताहरु सुवास कर्माचमार्य, सोम सापकोटा, यज्ञ सापकोटा , ईश्वरी श्रेष्ठ , रविकुमार भण्डारी लगायतको सहभागिता रहेको थियो ।