सम्पर्क

मेलम्चीको इन्द्रेश्वरी मावि ४८औं वर्षमा


मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयले ओमिक्रोन भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अन्र्तक्रिया कार्यक्रम गरि ४८ औं वार्षिकोत्सव आईतबार मनाएको छ । अन्र्तक्रिया कार्यक्रममा उठेका विभिन्न प्रश्न तथा जिज्ञासाको पूर्व प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठ, वडा अध्यक्ष रुद्र प्रसाद दुलाल लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका शिक्षा शाखाका अधिकृत सुधिनराज बुढाथोकिले शिक्षा क्षेत्रका नितिगत कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अन्य बक्ताहरुले आधारभुत तहमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्नुपर्नेमा जोड दिएका थिए । इन्द्रमणि दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।