सम्पर्क

ब्रेकिङ न्युज २

रमेश र प्रकाश श्रेष्ठको जोडीलाई मेलम्ची मेयरकप ब्याटमिन्टनको उपाधी

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी लायन्स क्लव अफ काठमाडौं सिन्धु चौतारा सिटिका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठले हात पार्नुभएको छ । त्यस्तै दोस्रोमा राजन श्रेष्ठ र अभिषेक गुरुङ हुनुभएको छ भने तेस्रो किसन दुलाल,राजकुमार तामाङ, पूर्ण बहादुर थापा र अजय तामाङ हुनुभएको छ । प्रतियोगितामा जिल्ला तर्फ पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार, २०हजार र १० हजार सहित ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । त्यस्तै शुक्रबार भएको नगरतर्फको प्रतियोगितामा किसन दुलाल र दिपक दुलालको जोडि पहिलो, दिपेन्द्रदुलाल र राजु सापकोटा दोस्रो त्यसैगरी सिपि दुलाल र सुर्दशन दुलाल ,भिमशेन डंगोलर रविन बोम्जनको जोडि तेस्रो हुनु भएको थियो । नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमशः१५हजार ,१०हजार र ५हजारसहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिएको मेलम्ची ब्...

कम्युनिष्टको थिचोमिचो सहन नसकिने भन्दै कांग्रेसमा प्रवेश ः दुलाल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
कम्युनिष्टको थिचोमिचो सहन नसकिने भन्दै इन्जिनियर देवराज दुलाल नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । मेलम्ची नगरपालिकामा लामो समय इन्जिनियर रहेका दुलालले आफु मेलम्ची नगरपालिकामा रहेर काम गर्दा एमाले सरकारको थिचोमिचो सहन नसकेको गुनासो ब्यक्त गनुभएको छ । मेलम्चीमा भएको “घर–घर जाऔँ कांग्रेस जिताऔँ“ अभियान बाट उनी कांग्रेसमा प्रवेश गरेको हो । केन्द्रीय सदस्य गंगा लक्ष्मी अवाल, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापती जंग बहादुर लामा, क्षेत्रिय सभापती आइतमान तामाङ, नगर सभापती वसन्त गुरूङ लगायतले दुलाललाई बुधबार नेपाली कांग्रेसमा स्वागत गर्नुभयो । काँग्रेसको उदारबादी भावनाले प्रभावित भइ आफु कांग्रेसमा प्रवेश गरेको उनले सुनाउनुभयो । ’यो देशलाई सांच्चै अप्ठेरो परेको खण्डमा कांग्रेसको आवस्यकता रहेछ ’ उहाँले भन्नुभयो । नेपाली कांग्रेसमा प्रवेश गर्नुको कारण बारे उहाँ यसो भन्नुहुन्छ ः “मैले यहाँ ...

फरार प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
जवरजस्ती करणी गरि बाह्र वर्ष छ महिना फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ सानोसिरुवारीका कर्ण बहादुर भारतीको छोरा ३१ वर्षको राम बहादुर भारतीलाई सोमबार पक्राउ गरेको हो । उहाँले २०६६ असोज १७ गते दिउँसो सानोसिरुवारी गा.वि.स.वडा नं.२ ठुलीचौरी पाखामा घाँस काट्न गएकी वर्ष १४ को बालिकालाई जवरजस्ती गरि फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उक्त घटना पश्चात फरार रहेकोमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रतिवादी भारतीलाई शुक्रबार दिउँसो ललितपुर महानगरपालिका वडा नं.१३ कुसुन्ती स्थित रहेको सृजनशिल निर्माण सेवामा काम गरि रहेको अवस्थामा फेला पारि पक्राउ गरेको हो । सोमबारको अदालतको आदेश बमोजिम पुर्पक्ष कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । त्यसैगर...

गुन्साका बालवालिलाई निरन्तर विद्यालय पठाउन शिक्षक, अभिभावकसँग समन्वयात्मक कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ को आर्थिक सहयोग, श्री सेती देवि माध्यमिक विद्यालय सक्रिय किशोर किशोरी समुहसँगको समन्वय र आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा वालवालिकाहरुलाई निरन्तर विद्यालय पठाउन शिक्षक, अभिभावकसँग समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ । आईतबार चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ स्याउले गुन्सामा कार्यक्रम सम्पन्न भएको थियो । आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङको सभाध्यक्षता, चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ का वडा अध्यक्ष सानुकान्छा श्रेष्ठको प्रमुख आतिथ्यता, अतिथि सेती देवि माध्यमिक विद्यालयका प्रधानाध्यापक सालिक रामवली, सेती देवि माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष साथै सक्रिय किशोर किशोरी समुहका संयोजक निरमाया लामा, शिक्षक प्रदिप कोइराला अभिभावक,वालवालिकाहरुको उपस्थिती रहेको थियो । विद्यालय जान छाडेका वालवालिका...

भवन निर्माण गर्ने अभियानमा आर्थिक सहयोग

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका १४ मा निर्माण हँुदै गरेको लोकप्रिय नेत्रज्योती सञ्चार समुहको भवन निर्माण गर्ने अभियानमा नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को सभापती , युवा नेता आईतमान तामाङ (ज्ञानु) ले नगद रु. ५१,५०० (अक्षरुपी एकाउन्न हजार पाँच सय) सहयोग गर्नुभएको छ । उक्त सहयोग गर्ने प्रतिबद्धता गरेअनुरूप तामाङले शुक्रबार रकम हस्तान्तरण गर्नुभएको हो । यसैगरी पूर्व जिल्ला कोषाध्यक्ष देवेन्द्र बहादुर खत्रीले पनि उक्त भवन निमार्णको लागि सहयोग बापत नगत रु. ५०००÷– (अक्षरुपी पाँच हजार) हस्तान्तरण गर्नुभएको हो । लोकप्रिय नेत्रज्योती सञ्चार समुहको उन्नयनमा यहाँले पु¥याउनु भएको योगदानको उच्च मुल्याँकन गर्दै लोकप्रिय नेत्रज्योती सञ्चार समूहले हार्दिक बधाई एवं धन्यवाद व्यक्त गरेको छ । यसअघी नेपाली काँग्रेसका युवा नेता तथा ब्यवसायी भुपेन्द्र थापाले भवन निर्माणका लागि ३५ बोरा सिमेन्ट सहयोग गर्नु...

शिक्षकको कुटपिटबाट ११ बिद्यार्थी घाईते

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नम्बर – १ अवस्थित श्री आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत ११ कक्षाको विद्यार्थीहरुलाई विद्यालय सहायक प्रधानध्यापक दिपक तामाङले कक्षामा अन्धाधुन्ध पायपको लठ्ठीले कुटपिट गर्दा ११ जना विद्यार्थी घाइते भएका छन् । विद्यार्थीहरुको हात फ्याक्चर हुनुका साथै शरीरमा नीलडाम देखिएको छ । पीडित पक्षले जलविरे इलाका प्रहरी कार्यलयमा जाहेरी दिनुभइको छ । पीडित विद्यार्थी पक्षले शिक्षकलाई कडा भन्दा कडा कारवाही गर्नको निमित्त प्रसासन समक्ष माग गर्नुभएको छ । घाईते हुने विद्यार्थीहरुमा दिपिका श्रेष्ठको ढाडमा नीलडाम र हात फ्याक्चर भएको छ भने सीमा श्रेष्ठ, सप्रीना भुजेल, सम्झना श्रेष्ठ, राजकुमार सुनवार, विजय बहादुर भण्डारी, दिलिप श्रेष्ठ , नोर्माई स्याङ्बो समेत घाइते रहेका छन् । बाल अधिकार हनन र बाल संरक्षणको निमित्त शिक्षकले सिकाउनु पर्ने ठाउँमा अन्धाधुन्ध पलास्टिकको पाए...

सुचनाको आतंकमा स्थानीय सरकार

ब्रेकिङ न्युज २
सिन्धुपाल्चोक जिल्ला चौतारामा आज भएको साुमदायिक सारथीको आयोजना र जिल्ला प्रशासनको समन्वयमा सुचनाको हक अन्र्तगत स्वत प्रकाशन गनुपर्ने सुचनाको अवस्था र चुनौती विषयक अभिमुखिकरण कार्यक्रममा स्थानीय सरकारका सुचना अधिकारीहरु सुचना आतंकमा रहेको बताउनुभएको छ । अधिकांश स्थानीय सरकार तथा जिल्लाका कार्यालयमा स्वत प्रकाशन गर्नुपर्ने सुचना प्रकाशन नभएको बताउनु भयो । सुचना अधिकारीहरुलाई कार्यलयले सुचना अधिकारीको जिम्मेवारी दिए पनि कार्यलयकै सुचनाको अभाव हुने दुखेसो पोख्दै अझ यो समस्या स्थानिय तहमा बढी भएकोले सुचना अधिकारीहरु समस्यामा रहेको बताउनुभएको थियो । यसका साथै स्थानीय तहमा सुचनाको आतंक रहेको बताउनु भयो । मेलम्ची नगरपालिकाका सुचना अधिकारी झपेन्द्र नाथ खरेलले केहि व्यक्तिहरु अनावश्यक सुचना माग गर्ने र कर्मचारीलाई तनाव दिने नियतले माग गर्ने गरेकोले मारमा परेको बताउनु भयो । पाँचवर्षको सबै विवरण माग ग...

रक्तमाला बछलादेवी मन्दिर उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ मा निर्माण भएको मन्दिरको एक कार्यक्रमका बिच उद्घाटन भएको छ । चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ मा तीन लाख पैसठ्ठी हजारमा निर्माण भएको मन्दिरलाई नगरपालिकाले आर्थिक सहयोग गरेको मन्दीरका पुजारी तिलक नेपालीले जानकारि दिनु भयो । उहाँका अनुसार दुईलाख पचास हजार रुपैया १४ नम्बर वडा कार्यलयबाट सहयोग गरेको छ । नपुग रकम नगरपालिका को मेयर कोष बाट सहयोग गर्न लागेको प्रगतिसिल टोल बिकास समितिका अध्यक्ष धन कुमार नेपाल ले बताउँनु भयो । मन्दीरको उद्घाटन गर्दै वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले चौतारा साँगाचोकगढी नगरपालिका ले खास गरि बिकासको क्रमलाई तिब्र दिदै धर्म सस्कृति र परम्परालाई जगेर्ना गर्ने क्रमलाई निरन्तरता दिई रहेको बताउँनु भयो । उँहाले धर्म भनेको अनुशासान हो भन्दै अनुशासन नै धर्म हो भन्नु भयो । बिशेष अतिथी डडुवा भवानी शंकर माध्यमिक बिद...

चौतारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

ब्रेकिङ न्युज २, स्वास्थ्य
विपना तामाङ ( गोले) नेपाल रेडक्रस सोसाइटी सिन्धु शाखाको समन्वयमा रेडक्रस केन्द्रीय कार्यालयले चौतारा अस्पताललाई प्रजनन स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । सोमबार कोभिड अस्पतालमा एक कार्यक्रम गरी अस्पताल व्यवस्थापन समितीका अध्यक्ष टंक बहादुर कार्कि र चौतारा अस्पतालका डा. करुणा बज्रचार्यलाई रेडक्रस जिल्ला शाखाको सभापति राजेन्द्रमान ताल्चाभडेलले प्रजनन स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नुभएको छ । उक्त कार्यक्रममा रेडक्रस सिन्धुपाश्ल्चोकका मन्त्री कमल चरण कक्षपती , रेडक्रस जिल्लासदस्य रामकृष्णराज भण्डारी , सुरेश कसजु , कार्यालय प्रमुख भरत प्रसाद कोईराला लगायतको सहभागिता रहेको थियो । उक्त सामग्री युयनएचसिएचआरको सहयोगमा केन्द्रीय कार्यालयबाट प्राप्त भएको रेडक्रसका कार्यालय प्रमुख कोईरालाले जानकारी दिनुभयो ।...

पिडाको भूमारीमा महिला नेतृत्व

ब्रेकिङ न्युज २, समाचार
राजनीतिमा लागेका महिलाले भोग्नु परेको समस्या विषयमा सामुदायिक सारथीको सहयोगमा जिल्ला समन्वय समितिको आयोजनामा भएको अन्तक्र्रियामा सहभागि नेतृहरुको धारणाले यस्तो पुष्टी गरेको हो । राजनितिमा लागेका महिलाहरुका मात्रै होइन समाजमा एउटा स्थान कायम गरि सकेका जनप्रतिनिधिको समेत अवस्था भयावह देखिन्छ । अझ दलित महिलाको पिडा असह्य रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ की वडा सदस्य कमला वि.कले आफु निर्वाचित भएपछि पनि पटक पटक जातकै कारणले विभेद भोग्नु परेको तर न्याय नपाएको दुखेसो पोख्नुभयो । यस बारेमा कहि कतैबाट पनि सहयोग नपाएकोले न्याय पाउन नसकेको बताउनु भयो । विगतमा धेरै पटक विभेदकै डरमा भोक भोककै बसेको तितो अनुभव राख्नु भएको थियो । जनप्रतिनिधिको जिम्मेवारीको बारेमा पनि अन्य सदस्य सरह समान अधिकार पाउन नसकेको बताउनु भयो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा न १४ का वडा सदस्य शर्मिला वि.कले यो...