सम्पर्क

सुचनाको आतंकमा स्थानीय सरकार


सिन्धुपाल्चोक जिल्ला चौतारामा आज भएको साुमदायिक सारथीको आयोजना र जिल्ला प्रशासनको समन्वयमा सुचनाको हक अन्र्तगत स्वत प्रकाशन गनुपर्ने सुचनाको अवस्था र चुनौती विषयक अभिमुखिकरण कार्यक्रममा स्थानीय सरकारका सुचना अधिकारीहरु सुचना आतंकमा रहेको बताउनुभएको छ । अधिकांश स्थानीय सरकार तथा जिल्लाका कार्यालयमा स्वत प्रकाशन गर्नुपर्ने सुचना प्रकाशन नभएको बताउनु भयो । सुचना अधिकारीहरुलाई कार्यलयले सुचना अधिकारीको जिम्मेवारी दिए पनि कार्यलयकै सुचनाको अभाव हुने दुखेसो पोख्दै अझ यो समस्या स्थानिय तहमा बढी भएकोले सुचना अधिकारीहरु समस्यामा रहेको बताउनुभएको थियो । यसका साथै स्थानीय तहमा सुचनाको आतंक रहेको बताउनु भयो । मेलम्ची नगरपालिकाका सुचना अधिकारी झपेन्द्र नाथ खरेलले केहि व्यक्तिहरु अनावश्यक सुचना माग गर्ने र कर्मचारीलाई तनाव दिने नियतले माग गर्ने गरेकोले मारमा परेको बताउनु भयो । पाँचवर्षको सबै विवरण माग गर्ने , पाँचवर्ष भरीको खरिदको विवरण, योजनको विवरण जस्ता विषय राखेर सुचना माग्नेहरुको संख्या बढेको बताउनु भयो । त्यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकाका सुचना अधिकारी राम प्रासाद न्यौपानेले पनि आफु यस्तै समस्याको शिकार भएको बताउनु भयो । सुचना माग भए बमोजिम ३०० पृष्ठको सबै विवरण माथिल्लो तहमा उजुरी पर्ला भनेर हतार हतार तयार गरियो तर तयार भईसकेपछि फोन गर्दा समेत लिन आउँदैन यस्तालाई चाँहि कारबाहि गर्ने व्यवस्था छैन ? उहाँले प्रश्न गर्नुभयो । यसरी विभिन्न कार्यलयको कामको तनाव संगै लिएको थप जिम्मेबारीले धेरै ठुलो भारीले थिचेको बताउनु भयो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी समतिको संयोजक निराजन श्रेष्ठले आगामी चैत्र महिनामा सबै कार्यलयले स्वत प्रकाशन गर्नुपर्ने सुचनाहरु अनिवार्य प्रकाशन गर्न निर्देशनका साथ प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । साथै उहाँले वास्तवमा सुचना माग गर्नेहरु मध्ये १० प्रतिशत मात्रै सहि हुने नत्र बाँकी सब तनाब दिने मात्रै देखिन्छ । अब सुचना अधिकारीलाई पनि जिम्मेवारी दिने हो भने कार्यलयका प्रमुखले पनि पनि सुुचना दिनु पर्दछ । नत्र विना हतियारको सैनिक झै हुने भन्दै अव कार्यलयको आन्तरिक सुचना प्रदान गर्न पनि सबै कार्यालयका प्रमुखहरुलाई आग्रह गरिने बताउनु भयो ।