सम्पर्क

सिन्धु प्रहरीका नेपाल सहित ४ जना पुरस्कृत

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले घनश्याम नेपाल लगाएत उत्कृष्ट कार्य गर्ने ४ प्रहरी कर्मचारीहरूलाइ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकद्धारा पुरस्कृत गरेको छ । नेपाल प्रहरी संगठनको छविलाई उच्च राख्न आफुलाई सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक इमान्दारी र अनुशासित भइ प्रशंसनिय ढंगबाट कार्य सम्पादन गर्ने उत्कृष्ट प्रहरी नायव निरीक्षक घनश्याम नेपाल प्रहरी निरीक्षण रमेश कुमार श्रेष्ठ प्रहरी जवान सुवास महत प्रहरी जवान तन्जन थामीलाइ पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनु भएको छ । सुचना अधिकारी तथा प्रनाउ बस्नेतका अनुसार प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ देहाय बमोजिम अभिलेखमा जनिने गरि नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको हो ।