सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ मा निर्माण भएको मन्दिरको एक कार्यक्रमका बिच उद्घाटन भएको छ । चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ मा तीन लाख पैसठ्ठी हजारमा निर्माण भएको मन्दिरलाई नगरपालिकाले आर्थिक सहयोग गरेको मन्दीरका पुजारी तिलक नेपालीले जानकारि दिनु भयो । उहाँका अनुसार दुईलाख पचास हजार रुपैया १४ नम्बर वडा कार्यलयबाट सहयोग गरेको छ । नपुग रकम नगरपालिका को मेयर कोष बाट सहयोग गर्न लागेको प्रगतिसिल टोल बिकास समितिका अध्यक्ष धन कुमार नेपाल ले बताउँनु भयो । मन्दीरको उद्घाटन गर्दै वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले चौतारा साँगाचोकगढी नगरपालिका ले खास गरि बिकासको क्रमलाई तिब्र दिदै धर्म सस्कृति र परम्परालाई जगेर्ना गर्ने क्रमलाई निरन्तरता दिई रहेको बताउँनु भयो । उँहाले धर्म भनेको अनुशासान हो भन्दै अनुशासन नै धर्म हो भन्नु भयो । बिशेष अतिथी डडुवा भवानी शंकर माध्यमिक बिद्यालयका प्रधानाध्यापक बद्री प्रसाद नेपालले सस्कार र सस्कृतीलाइ जगेर्ना गर्नका लागी पुराना र नाँया बाजाको मर्मत सम्भार गरेर त्यसको संरक्षण गर्न पर्ने बताउँनु भयो । लोकप्रिय नेत्रज्योती संञ्चार समुहका कार्यकारी प्रमुख नेत्र बहादुर बस्नेतले अरु पालीका भन्दा चौतारा साँगाचोकगढी नगरपालीकाले स्थानीय बिकास गर्ने क्रममा धर्म र सस्कृतीको जगेर्ना तर्फ ध्यान दिएकाले मेयर अमान सिंह तामाङ्ग लगाएत वडा अध्यक्षलाइ बिशेष धन्यवाद दिनु भयो । लक्ष्मण नेपालीको सभापतीत्वमा भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष उद्धब नेपाल, स्थानीय बलबहादुर तामाङ्ग लगाएतले बोल्नु भएको थियो । ऋषीराम नेपालले सञ्चालन गर्नु भएको कार्यक्रममा पुजारी तिलक नेपालीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
