पहिले जनता बचाऔ,राजनिती पछी गरौला भन्ने “पूर्व मन्त्री मोहन बहादुर बस्नेतको“सब्दलाई आत्मा साथ गर्दै सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० देउराली हरै हाल काठमाडौं बस्दै आउनु भएको बिकासप्रेमी जुझारु समाजसेवी निल बहादुर तामाङ ( सुमन ) ले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । उँहाले चौ.सा.गढी नगरपालिका वडा नं.१० कार्किटार साठिमुरे स्थित श्री लालिगुरास आधारभूत बिधालयमा अध्यनरत सम्म्पुर्ण विद्यार्थीलाई बिद्यालय पोसाक का साथै खाजा सहयोग गर्नु भएको छ ।
नेपाली काँग्रेस वडा इकाइ सभापती मन्जु थापाको बिशेष पहलमा उक्त सामाग्री बितरण गरिएको हो । यसरी सहयोग गरेकेमा विशेष धन्यवाद व्यक्त गर्दै स्थानिय ले उक्त कार्यको प्रशङ्सा गरेका छन। नेपाली काङ्ग्रेसका नेता मोहन बहादुर बस्नेतले जनतालाई शिक्षा, स्वास्थ्य, र रोजगार मा पहिलो प्रथमिकता राखेर जनतालाई बचाउनु सके मात्र राजनिति गरेको साथर्कता हुने बताउनु भयको स्पस्ट पार्दै आफू पनि यसरी सहयोग गर्न प्रोत्साहित भयको सो अबशरमा सहयोगी सुमनले बताउनु भयो । बिध्यालयका प्रधान ध्यापक प्रभा खड्काले आफ्ना बिध्यालयका बिधार्थि हरुको लागि यो सहयोग ठुलो भयको बताउदै सुमनले गरेको यो सहयोग ले बिद्यालय परिबार खुशि भयको बताउदै आगामि दिनमा पनि सहयोगको आपेच्छा गरियको बताउँनु भयो ।
