सम्पर्क

चौतारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

विपना तामाङ ( गोले)

नेपाल रेडक्रस सोसाइटी सिन्धु शाखाको समन्वयमा रेडक्रस केन्द्रीय कार्यालयले चौतारा अस्पताललाई प्रजनन स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । सोमबार कोभिड अस्पतालमा एक कार्यक्रम गरी अस्पताल व्यवस्थापन समितीका अध्यक्ष टंक बहादुर कार्कि र चौतारा अस्पतालका डा. करुणा बज्रचार्यलाई रेडक्रस जिल्ला शाखाको सभापति राजेन्द्रमान ताल्चाभडेलले प्रजनन स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नुभएको छ । उक्त कार्यक्रममा रेडक्रस सिन्धुपाश्ल्चोकका मन्त्री कमल चरण कक्षपती , रेडक्रस जिल्लासदस्य रामकृष्णराज भण्डारी , सुरेश कसजु , कार्यालय प्रमुख भरत प्रसाद कोईराला लगायतको सहभागिता रहेको थियो । उक्त सामग्री युयनएचसिएचआरको सहयोगमा केन्द्रीय कार्यालयबाट प्राप्त भएको रेडक्रसका कार्यालय प्रमुख कोईरालाले जानकारी दिनुभयो ।